भक्तपुर र ललितपुरमा प्रदर्शन स्थल तोकियो

बिहिबार, १४ असार २०७५, १६ : ५६ नागरिक

काठमाडौं– सरकारले भक्तपुर र ललितपुरमा सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको छ। 

विहीबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले गृह प्रशासन सुधार कार्ययोजनाअन्तर्गत विरोध तथा सार्वजनिक कार्यक्रमका लागि ठाउँ तोकिएकाे बताए। 

उनीहरुका अनुसार ललितपुरका च्यासल खेलमैदान, गोदावरी बसपार्क नजिकैको खाली जग्गा, भैँसेपाटी छयासीकोट, बज्रबाराही मन्दिर अगाडि, लुभुको ससमुचौर लामाटार र धोबिघाट नजिकैको खुल्ला ठाउँलाई प्रदर्शन स्थल तथा खुल्ला कार्यक्रमका लागि तोकिएको छ। त्यसैगरी भक्तपुरमा १ ठाउँलाई मात्र प्रदर्शन स्थल तोकिएको छ। जसमा सल्लाघारीमा रहेको नेपाल ट्रस्टको खाली जग्गालाई तोकिएको छ। 

जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधित क्षेत्र तथा प्रदर्शन स्थल आगामी साउन १ बाट कार्यान्वयनमा आउनेछन्। 

काठमाडौंमा भने यसअघि नै ७ स्थानलाई प्रदर्शन स्थल तोकिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माका अनुसार साउन १ गतेबाट लागू हुनेगरी खुल्लामञ्च, तिनकुने खुल्ला चौर, भगवान पाउस्थित भुईंखेल चौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद अगाडिको खुल्ला स्थान र गौशालाको सिफल चौरलाई प्रदर्शन स्थल तोकिएको छ। अब माइतीघर मण्डलामा भने विरोध प्रदर्शनका कार्यक्रम गर्न पाइनेछैनन्। 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad