भक्तपुरमा ६ महिनामा १३ जना बलात्कारको शिकार

बिहिबार, १४ असार २०७५, १३ : १३ नागरिक

भक्तपुर - भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि सविना केसीले सो व्यहोरा सार्वजनिक गर्दै २०१८ जनवारीदेखि २७ जुनसम्म हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुर्व्यवहार, बहुविवाह लगायतका २४ वटा घटना भएको बताएका छन्।

ती घटनामा तीन जनाको हत्या, एकको हत्या प्रयास, दुईजनामा बलात्कारको प्रयास र पाँच महिला बहुविवाहबाट पीडित भएको उजुरी परेको उनले जानकारी दिए।गत वर्ष भने यो अवधिमा पाँच जनाको हत्या, चार जनाको बलात्कार, चार जनाको बलात्कार प्रयास भएको, दुईले बहुविवाह गरेको र दुई मानव बेचबिखनका घटनाको उजुरी परेको थियो।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले मानिस सचेत हुँदै गएका कारण यस्ता घटनाको उजुरी दिन थालेकाले घटनाको संख्या बढेको बताए । घटना भएसंगै प्रहरी पनि चनाखो भएकाले दोषी उम्कन कठिन हुने उनको भनाइ थियो।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सोम शर्मा (बजगाईं) ले महिला मैत्री कानून बनाउँदा पुरुष पीडित बन्दै गएको बताउँदै सहमतिमै यौन सम्बन्ध राख्ने तर पछि लेनदेनमा कुरा नमिलेपछि बलात्कारमा उजुरी दिने बढ्दो प्रवृत्तिलाई रोक्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, लोकतान्त्रिक छापा माध्यमका अध्यक्ष पेशल आचार्य, पत्रकार लीला श्रेष्ठ लगायतले आपराधिक क्रियाकलाप बढ्नु चिन्ताको विषय भएको चर्चा गर्दै यसलाई रोक्न प्रहरी र पत्रकारबीच पनि समन्वय हुनुपर्नेमा जोड दिए । मानव अधिकार सञ्जालका जिल्ला अध्यक्ष रोशनराज अर्यालले मानव अधिकार उल्लंघनका घटना रोक्न सबै जिम्मेवार हुनुपर्ने बताए।रासस

 








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad