६ वैशाख २०८१ बिहीबार
समाज

पहिरोको कारण कालिकास्थान–धुन्चे सडक खण्ड अवरुद्ध

रसुवा – अविरल वर्षाको कारण बुधबार साँझ ७ बजे गएको पहिरोले पासाङल्हामु राजमार्गको कालिकास्थान–धुन्चे सडक खण्ड अवरुद्ध बनेको छ।

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध बनेसँगै पहिरो पन्छाउनका लागि बिहिबार बिहानैदेखि कार्य सुरु गरिएको छ।

पहिरो पन्छाउनका लागि दुई वटा स्काभेटरको प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। पहिरो ठुलो भएका कारण सडक सुचारु गर्न केही समय लाग्ने प्रहरी नायव उपरिक्षक शरतकुमार थापा क्षेत्रीले बताए।

सडक अवरुद्ध भएपछि सवारी आवागमन रोकिएको छ। रसुवाबाट काठमाडौं जान लागेका सवारी धुन्चे, स्याफ्रु, टिमुरेमा रोकिएका छन् भने चीनको केरुङ जान लागेका सवारी बेत्रावती, कालिकास्थान र गुम्बोडाँडामा रोकिएका प्रहरीले जनाएको छ।

बुधबार राति पहिरो जाँदा चीनको केरुङबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७५९० नम्बरको कन्टेनर र नुवाकोटबाट धुन्चे जाँदै गरेको बा १५ च २७३५ नंको जिपलाई पहिरोले बगाएको थियो।

प्रकाशित: १४ असार २०७५ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App