coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

पाल्पाका सामुदायिक विद्यालयकाे एसईई नतिजामा सुधार

पाल्पा – जिल्लाको सामुदायिक विद्यालयमा एसईई नतिजामा सुधार भएको छ। गत शैक्षिक सत्रहरुमा भन्दा यसवर्ष शिक्षक, अभिभावक र विद्यार्थीको बुझाई फरक हु“दै गएपछि नतिजामा सुधार भएको हो।

पाल्पा जिल्लाबाट गतवर्ष ३ दशमलव ६५ देखि ४ जिपिए ल्याउने ६७ जना थिए भने यस वर्ष ८३ जना पुगे। ३ दशमलव २५ देखि ३ दशमलव ६० जिपिए ल्याउने विद्यार्थी पनि गतवर्ष २ सय ७० जना थिए भने यसवर्ष ३ सय ७२ जना छन्। जिपिए २ दशमलव ८५ देखि ३ दशमवल २० ल्याउने विद्यार्थी गतवर्ष ५ सय ४० थिए भने यसवर्ष ७ सय ४५ पुगेका छन्।

यसवर्षदेखि अनिवार्य गणित बाहेक अनिवार्य सबै विषयमा २५ प्रयोगात्मक नम्बरको व्यवस्था थियो। यसवर्ष २ दशमलव ४५ देखि २ दशमलव ८० जिपिए ल्याउने अघिल्लो वर्ष ८ सय ५९ थिए भने यसवर्ष १ हजार ९६ जना पुगे। यस्तै, २ देखि २ दशमलव ४० सम्म ल्याउने अघिल्लो वर्ष १ हजार ३ सय ७० थिए भने यसवर्ष १ हजार ४ सय ३५ विद्यार्थी छन्। १ दशमलव ६५ देखि २ सम्म ल्याउने गतवर्ष १ हजार ४ सय ५४  थियो भने यसवर्ष ८ सय २० मा झरेको छ।

१ दशमलव २५ देखि १ दशमलव ६० जिपिए ल्याउने ४ सय ७३ बाट १ सय ८६ जनामा झरेको छ। ० दशमलव ८५ देखि १ दशमलव २० सम्म गतवर्ष ३३ जनाको थियो भने यसवर्ष ९ जनामा झरेको छ। ११ कक्षामा भर्ना हुन नपाउनेले ग्रेडवृद्धिको परीक्षा दिनुपर्ने हून्छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियमित र एक्जाम्टेड गरी ५ हजार ५८ ले परीक्षा दिएका थिए।

नियमिततर्फ ४ हजार ९ सय ४६, एक्जामटेडतर्फ १ सय १२ विद्यार्थी सहभागी भएका हुन्। जसमध्ये १ सय ५६ जनाको रिजल्ट आएको छैन। जिल्लाका १ सय ३३ विद्यालयबाट विद्यार्थीहरुले एसईई परीक्षा दिएका थिए। अनिवार्य गणितबाहेकका सबै विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था गरिएकाले पनि नतिजामा केही सुधार आएको पनि सुधार आएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।

‘अहिलेसम्म विषयगत नतिजा विश्लेषण गर्न सकेका छैनौं,’ इकाईका सूचना अधिकारी महेन्द्र सुवेदीले भने, ‘साउनको पहिलोसाता ग्रेड वृद्धिको फाराम भरेपछि कति जनाले ग्रेड वृद्धिको परीक्षा दिनेहुन भन्ने बल्ल थाहा हुनसक्छ।’

प्रकाशित: १४ असार २०७५ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App