८ वैशाख २०८१ शनिबार
राजनीति

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव लन्डन आउने

लण्डन-संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन लन्डन आउने भएका छन् । पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आउन लागेको समाजका अध्यक्ष धर्म तामाङले जनाए ।

यादवले यही २५ सेप्टेम्बरमा अल्डरसटको एम्पायर हलमा आयोजना हुने अधिवेशनको प्रमुख अतिथितको रुपमा उद्धघाटन गर्ने कार्यक्रम तय गरिएको छ  ।

एक साता लामो बेलायत भ्रमणक्रममा यादलले बेलायती सरकारी अधिकारी तथा राजनीतिक दल, बिभिन्न संघसँस्था र  यहाँस्थित पूर्व गोर्खाहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्ने बताएइको छ ।

यादव २३ सेप्टेम्बरमा लन्डनस्थित हित्रो विमानस्थलमा उत्रिए लगत्तै  भेटघाटमा कार्यक्रममा ब्यस्त रहने छन् । यादवले २४ तारिख आदिवासी जनजाति महासंघ बेलायत, भूपु गोर्खाहरुको संगठन गेसोद्धारा अल्डरसटमा आयोजना हुने छुट्टा छुट्टै स्वागत तथा अन्तक्रिया कार्यक्रममा सहभागि हुने छन् ।  

२६ सेप्टेम्वरमा संघीय समाज यूकेको रेडिंग क्षेत्रीय शाखाले उनको सम्मानमा बिषेश कार्यक्रमको आयोजना गर्ने भएको छ । तामाङका अनुसार यादवले २७ तारिखका दिन अध्यक्ष यादवले बेलायती सरकारी अधिकारी तथा  राजनीतिक दलका प्रतिनिधीहरुसंग भेटघाट  गर्ने भएका छन् ।

यादव सेप्टेम्बर २८ सम्म बेलायतको कार्यक्रम सकेर पार्टीको यूरोपस्थित भातृसंस्थाको अधिवेसनमा भाग लिन जर्मनी, बेल्जिय, स्पेन, प्रोतुगल जाने बताएको छ ।

प्रकाशित: २१ भाद्र २०७३ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App