coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

न्युरोडमा सम्पदामैत्री व्यापारिक भवन

काठमाडौं– राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा मुलुककै पहिलो सम्पदामैत्री व्यावसायिक भवन लगभग तयार भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्रसँगै नजिकै रहेको यो भवन बाहिरबाट हेर्दा नै विशेष र आकर्षक देखिन्छ।

सम्पदामैत्री हिसाबले निर्माण गरिएकोले यो आकर्षक र विशेष देखिएको हो ।भूकम्पप्रतिरोधी भवनमा अत्याधुनिक सुविधाहरु उपलब्ध छन् । सेन्ट्रल एसी, ताजा हावा, ब्याक अप जेनेरेटर, फायर फाइटिङ सिस्टम, एस्कालेटर, क्याप्सुल लिफ्ट र क्लोज्ड लिफ्ट यसका विशेषता हुन् । बीच भाग खाली छाडेर बनाइएको भवनले काठमाडौं उपत्यकाको पुरानो बस्तीको झल्को दिन्छ।

महर्जन कम्प्लेक्स नाम दिइएको भवन सुरक्षाको दृष्टिले पनि अन्य व्यापारिक कम्प्लेक्सहरु भन्दा विशिष्ट छ । भवनअगाडि जनसेवा प्रहरी कार्यालय छ । यसबाहेक सिसिटिभी क्यामेराबाट निगरानी हुने कम्प्लेक्समा २४सै घन्टा सुरक्षाकर्मी तैनाथ गर्ने योजना प्रवद्र्धकको छ । यहाँका कबलहरु गरगहना सोरुम, रेस्टुरेन्ट, फेन्सी पसल लगायतलाई उपयोगी छन् ।निकट भविष्यमै औपचारिक उद्घाटन गर्ने तयारीमा रहेको भवनमा स्पेस बुकिङ पनि चाँडै नै खुला गर्ने बताइएको छ ।  

 

प्रकाशित: १४ असार २०७५ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App