coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘मानवताविरोधी अपराधमा सैन्य नेतृत्व दोषी’

न्युयोर्क– रोहिन्जा मुसलमानमाथिको व्यवस्थित आक्रमणका लागि म्यानमारका उच्च सैनिक अधिकारीविरुद्ध मानवताविरोधी अपराधमा मुद्दा चलाइनुपर्ने एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।

म्यानमारको सरकारी सेनाले रोहिन्जा मुसलमानविरुद्ध निशाना गरेको, सामूहिक बलात्कार सञ्चालन गरेको, यातना दिएको र उनीहरुको हत्या गरेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनललाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सात लाखभन्दा बढी म्यानमाली रोहिन्जा मुसलमानलाई देश छोडेर भाग्न बाध्य बनाउनुपूर्व म्यानमाली सेनाले व्यापक तयारी गरेको समेत उक्त संस्थाले बताएको छ । म्यानमार सरकारले भने रोहिन्जा मुसलमान विद्रोहीका कारण संकट उत्पन्न भएको बताउँदै आएको छ । रोहिन्जा मुसलमानविरुद्ध कुनै पनि दुव्र्यवहार नगरेको बताउने म्यानमाली सेनाले भने एम्नेस्टीको भनाइमाथि तत्काल कुनै प्रतिक्रिया नदिएको बिबिसीले उल्लेख गरेको छ ।

गत अगस्टमा हिंसा सुरु भएदेखि हालसम्म रोहिन्जा मुसलमानको अवस्थामा केही सुधार नआएको म्यानमारका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले बताएसँगै एम्नेस्टीको पछिल्लो प्रतिवेदन सार्वजनिक भएको बिबिसीले जनाएको छ ।

म्यानमारका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदक यांघी लीले सो देशमा भएको भनिएका युद्ध अपराध र मानवताविरोधी अपराधसम्बन्धी अनुसन्धान गर्न एउटा नयाँ उत्तरदायी संयन्त्र बनाउन राष्ट्रसंघीय मानवअधिकार परिषद्समक्ष मागसमेत गरेकी छन् । स्विट्जरल्यान्ठको जेनेभामा राष्ट्रसंघी मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै यांघीले त्यस्तो माग गरेको बिबिसीले जनाएको छ ।

प्रकाशित: १४ असार २०७५ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App