७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

धादिङ - उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ साईश्वाँरामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

अबिरल वर्षापछि गएको पहिरोमा पुरिएर खनियाबास गाउँपालिका ५ साईश्वाँरा बस्ने राजकुमार गुरुङका श्रीमती ३३ वर्षीय बसुदा गुरुङ, उनका छोरीहरू १० वर्षीय लक्ष्मी गुरुङ र ५ वर्षीय सरस्वती गुरुङको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए । पहिरोमा परि राजकुमारका छोरा १२ वर्षीय विकास गुरुङ घाईते भएका छन् । उनका किन्ताङफेदीमा रहेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

 खनियाबास ४, चिउरीबोटमा पनि पहिरोका कारण श्रीमान, श्रीमती बेपत्ता भएका छन् । गोठमा सुतिरहेका ६५ वर्षीय शमशेर घले र उनका श्रीमती ६२ वर्षीय कोप्ची घले बेपत्ता भएको धादिङका प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । उनीहरूको खोजी कार्य  समेत भइरहेको विकले जानकारी दिए।  

 पहिरोमा परि ४ जना घाईते भएका छन् । घाईतेहरुको किन्ताङफेदीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ । घटनास्थलमा प्रहरी पुगेको छ भने अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिए।

 अविरल वर्षापछि जिल्लाको नेत्रावती गाउँपालिकास्थित सत्यदेवी, मार्पाकमा पनि पहिरोले घर बगाएको प्रहरीले जानकारी दिएको छ । वर्षापछि जिल्लाको उत्तरी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । अघिल्ला वर्षहरूमा पनि उत्तरका बस्तीहरुमा पहिरोका कारण बस्ती नै जोखिममा परेका थिए ।

 

प्रकाशित: १४ असार २०७५ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App