७ वैशाख २०८१ शुक्रबार
समाज

पुरानै स्वरुपमा फर्कियो गद्दी बैठक

प्रधानमन्त्री केपी अाेली पुनर्निमित गद्दी बैठककाृ उद्घाटनमा अमेरिकी दूतावासका चार्ज डे अफेयर पिटर माल्नाककाे साथ । तस्वीर : दिपेश श्रेष्ठ / नागरिक

काठमाडौं - भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको पुनर्निर्माण सकिएको छ । हनुमान ढोका दरबारस्थित ऐतिहासिक महत्वको गद्दी बैठक बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

गद्दी बैठक पुनर्निर्माणको जिम्मा अमेरिकी दूतावासअन्तर्गतको संस्कृति संरक्षण कोषले पाएको थियो।२०७२ सालको भूकम्पले क्षतिग्रस्त बैठक सांस्कृतिक सम्पदा पुनर्निर्माणमध्येको ठूलो परियोजना हो । हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाहिरी निकायसँग सहकार्य गर्दै सम्पदा पुनर्निर्माण तीव्र पारेको बताए ।

उनले पुरातत्व विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, काठमाडौं महानगरपालिका र अमेरिकी दूतावासको सहकार्यले छोटो समयमै गद्दी बैठक पुरानै स्वरुपमा आएको जानकारी दिए । ‘संस्कृति र सम्पदा हाम्रो जीनवशैली र इतिहाससँग जोडिएका छन्,’ उनले भने, ‘त्यसैले पनि यिनलाई चाँडै मूर्त रुप दिन सरकार कटिबद्ध भएर लागेको छ ।’ उनले उपत्यकाका तीन जिल्लाका दरबार क्षेत्रमा रहेका ऐतिसिक सम्पदा क्षेत्रमा सरकारले अझ बढी चासो दिएको र पुनर्निर्माण चाँडै सक्ने प्रतिबद्धता जनाए ।

गद्दी बैठकलाई ‘रेट्रोफिटिङ’ गरी पुरानै स्वरुप दिइएको छ । बाहिरी र बैठक कक्षको आवरण तयार भए पनि माथिपट्टिको केही भाग भने बनाइएको छैन । बैठक पुनर्निर्माणका लागि ‘मियामोटो ग्लोबल डिजास्टर रिलिफ’ ले प्राविधिक सहयोग गरेको थियो । गद्दी बैठकको पुनर्निर्माण गत कात्तिकमा सुरु गरिएको थियो । गद्दी बैठक १९६५ सालमा राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरद्वारा निर्माण भएको शिलालेखमा उल्लेख छ।

गद्दी बैठकलाई ‘रेट्रोफिटिङ’ गरी पुरानै स्वरुप दिइएको छ । बाहिरी र बैठक कक्षको आवरण तयार भए पनि माथिपट्टिको केही भाग भने बनाइएको छैन ।
 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले वसन्तपुर दरबारसँग जोडिएका अन्य सम्पदाको पुनर्निर्माण पनि छिटै सक्ने गरी सरकार अघि बढेको बताए । काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी) सँगको समन्वयमा सम्पदा पुनर्निर्माण तीव्र पारिएको उनले जानकारी दिए ।

‘हामीले अझै सयौं सम्पदा पुनर्निर्माण गर्न बाँकी छ,’ उनले भने, ‘अन्य निकायसँग मिलेर अघि बढ्ने हो भने धेरै सम्पदा चाँडै ठडिन सक्ने देखियो ।’ उनले बाहिरी निकायसँगको सहकार्यले गर्दा सम्पदा पुनर्निर्माण सहज भएको बताए । ‘कागेश्वरी मन्दिर, महादेव मन्दिर, लक्ष्मीनारायण मन्दिर र सरस्वती मन्दिर पुनर्निर्माणको काम हामीले बढी चासोको रुपमा लिँदै आएका छौं,’ उनले थपे, ‘अन्य ऐतिहासिक र दैनिक रुपमा चल्ने जात्रापर्वसँग जोडिएका सम्पदा पुनर्निर्माणलाई हामीले सक्दो छिटो सम्पन्न गर्छौं ।’

पुरातŒव विभागका महानिर्देशक भेषनारायण दाहालले पुनर्निर्माण कार्र्य तीव्र पारिएकाले समयमै सकिएको बताए । उनले भने, ‘गद्दी बैठकको बाहिरी भाग पहिलेकै रुवरुपमा तयार भएको छ, अन्य चारवटा मन्दिर पनि हामीले प्राथमिकतामा राखेका थियौं ।’ उनले बैठकको माथिपट्टिको भागमा केही पेन्टिङको काम बाँकी रहेको जानकारी दिए । केभिपिटीका कार्यकारी अध्यक्ष रोहित रञ्जितकारले दातृ निकायको आर्थिक सहयोगमा धेरै सम्पदा पुननिर्माण भएको बताए । उनले पाटन क्षेत्रका पनि धेरै सम्पदा उठिसकेको जानकारी दिए । उनले भने, ‘हामीले ऐतिहासिक सम्पदा ठड्याउन सक्दो चेष्टा गरिरहेका छौं, केभिपिटीले जिम्मा लिएका सम्पदा समयमै पुनर्निर्माण हुन्छन् ।’

प्रकाशित: १४ असार २०७५ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App