coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सान्त्वना जितकाे खाेजीमा पानामा र ट्युनिसिया

रूस – विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को अर्को खेलमा बिहीबारै ट्युनिसियाले पानामाविरुद्ध खेल्दा दुवैको लक्ष्य सान्त्वना जित हासिल गर्नु मात्र हुनेछ।

पहिलो दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिसकेका कारण ट्युनिसिया र पानामा दुवै अन्तिम खेलमा जित हासिल गर्दै रूस यात्राको सुखद अन्त्य गर्न चाहन्छन्।

पहिलो खेलमा इङ्ल्यान्डलाई २–१ को नतिजा सुम्पिएको ट्युनिसिया दोस्रो खेलमा बेल्जियमसँग ५–२ को फराकिलो अन्तरमा पराजित भएको थियो। त्यस्तै बेल्जियमलाई पहिलो खेलमा ३–० को नतिजा सुम्पिएको पानामा दोस्रो खेलमा इङ्ल्यान्डसँग ६–१ को फराकिलो अन्तरमा पराजित भएको थियो।

 

प्रकाशित: १४ असार २०७५ १५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App