८ वैशाख २०८१ शनिबार
समाज

अवैध पेस्तोलसहित पक्राउ

जाजरकोट- प्रहरीले भेरी नगरपालिका–३ स्यालाका ३२ वर्षीय तिलक सुनारको घरबाट अवैध पेस्तोल बरामद गरेको छ। 

घरमा अवैध हातहतियार रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सुनारको घरमा खानतलासी लिँदा एक थान पेस्तोल, एक थान म्याग्जिन र त्यसमा लाग्ने चार थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सुनारलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजाना मुद्दामा सात दिन म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १३ असार २०७५ १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App