७ वैशाख २०८१ शुक्रबार
खेल

पहिलो हाफमा मेक्सिको र स्विडेनको बराबरी

काठमाडाैं - समूह चरण अन्तर्गतको आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरिरहेका  मेक्सिको र स्विडेनले पहिलो हाफको खेलमा गोलरहित बराबरी खेलेका छन्।

रुसको इकाटेरिनवर्ग रङ्गशालामा जारि समूह एफ को खेलमा स्विडेन विरुद्ध मेक्सिकोले खेलमा दबाब कायम गरेपनि अग्रता भने लिन सकेको छैन। पहिलो हाफको खेलमा मेक्सिकोकोे एक प्रहार फ्रेममा परेको थियो भने स्विडेनका २ प्रहार फ्रेममा परेका थिए तर गोल भने हुन सकेन।

यो समुहबाट हालसम्म नकआउट चरण पुग्ने कुनै टोलीको टुङ्गो लाग्न सकेको छैन। यसै समूह अन्तर्गतको अर्को खेलमा अहिले जर्मनी र दक्षिण कोरियाबीच खेल भईरहेको छ। पहिलो हाफको खेलमा जर्मनी र कोरियाले समेत गोलरहित बराबरी खेलेका छन्।
आजको यी दुई खेल पश्चात मात्रै नकआउट चरण पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ।

प्रकाशित: १३ असार २०७५ १४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App