८ वैशाख २०८१ शनिबार
कला

‘मेस्सीको जस्तो हेयर स्टाइल मन पर्छ’

‘के म तिम्रो होइन र’ नामक चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी लोकप्रिय नायिका हुन् मरिस्का पोखरेल। ‘चपली हाइट २’, ‘लम्फु, पण्डित बाजेको लौरी’ लगायत आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी मरिस्का पोखरेलले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई यसरी बताएकी छन्।

पुस्तक 

मलाई ‘द सिगरेट’ भन्ने पुस्तक मन पर्छ । जिन्दगीको बारेमा लेखिएको छ । जीवनमा कसरी पोजेटिभ हुने भन्ने कुरा सिकाएको छ । त्यसैले पनि यो पुस्तक मलाई प्रिय लाग्छ ।

खेल 

मलाई टेबलटेनिस खेल प्रिय लाग्छ । आफूले बच्चैदेखि खेलेको भएर होला अहिले पनि उत्तिकै खेल्न मन लाग्छ । फुर्सदको समयमा अझै पनि खेल्छु ।

साहित्यकार 

यही भन्ने छैन । सबै मन पर्छ । 

देश 

जतिसुकै टाढा भए पनि, गए पनि मन पर्ने त नेपाल नै हो नि । धेरै सयम जापानमा बसे पनि आफ्नो देश प्यारो लाग्छ ।

सहर

म अस्ति नयाँ वर्षमा बुटवल गएकी थिएँ । त्यो सहर सफा सुग्घर लाग्यो । मेरा लागि बुटवल साह्रै मन प-यो ।

भेट्न चाहेको व्यक्ति

डेनी । मलाई डेनीको एक्टिङ असाध्यै मन पर्छ । उहाँसँग भेट्न असाध्यै मन लागेको छ ।

भेटिरहन मन लागेको व्यक्ति

मेरी ममी । अहिले पनि सँगै लिएर आएकी छु ।

राजा 

स्वर्गीय राजा वीरेन्द्र मन पर्छ । उहाँहरु परिवारकै दुःखद निधन भयो । म सानै हुँदा उहाँको निधन भयो । धेरैेले उहाँको बारेमा चर्चा गर्नुहुन्थ्यो । त्यसैले मलाई मन पर्छ । 

सौन्दर्य प्रशाधन

मस्करा, म धेरै मेकअप गर्दिन । लिपिस्टिक लगाउँछु । यही हो ।

कलर 

ब्लू र ब्ल्याक मेरो फेभरेट हो । 

जनावर

खरायो मन पर्छ ।

ब्याग 

न्यू लुक भन्ने ब्याग मन पर्छ । प्रायः यो ब्याग बोकिरहेकी छु ।

घडी

नाइन वेष्ट नाम गरेको घडी मन पर्छ ।

चस्मा

ठाउँ अनुसार जुनै पनि लगाउँछु । यही भन्ने छैन ।

सपिङ स्टोर 

बारिस्का सपिङ स्टोर हो । जुन नेपालमा छैन ।

हेर्न मन लागिरहने फिल्म

‘कुसुमे रुमाल’ फिल्म मन पर्छ । मैले सानोमा हेरेको भएर पनि होला यो फिल्म एकदमै मन छुने लाग्छ  । कथा पनि राम्रो छ । अभिनय पनि उस्तै राम्रो लाग्छ ।

नायक

डेनी चार्ल्ड मलाई मन पर्छ । यहाँसँग फिल्म खेल्ने मेरो इच्छा छ । सकिन्छ, सकिँदैन थाहा छैन ।

नायिका 

गौरी मल्ल मामुको अभिनय एकदमै मन पर्छ । मलाई छोरी भन्नुहुन्छ । अभिनय गर्दा सिकाउनुहुन्छ । त्यसैले पनि मलाई उहाँ प्रिय लाग्छ ।

चरित्र अभिनेता 

भोलाराज सापकोटा मन पर्छ । 

चरित्रअभिनेत्री 

मेनुका प्रधानको अभिनय मेरो फ्यान हो ।  

निर्देशक

मलाई चलचित्र क्षेत्रमा भित्र्याउनुहुने आकाश अधिकारी मन पर्छ । उहाँले अभिनय गराउँदा सरल तरिकाले सिकाउनुहुन्छ । 

गायक

एड्रिन प्रधान मन पर्ने गायक हुन् । उहाँको गीत सुनेर प्रभावित छु ।

गायिका 

अञ्जु पन्त दिदी मलाई एकदमै मन पर्छ । उहाँको  गायिकीपन त सुरिलो छँदै छ स्टेजमा गाउँदा दर्शक कसरी उफार्नुपर्छ भन्ने राम्रो ज्ञान भएकी गायिका हुनुहुन्छ ।

चाडपर्व

दशैं मन पर्छ । दशैंमा सबैजना भेला भएर रमाइलो गर्ने भएकोले धेरै मन पर्छ । 

चरा

मलाई सुगा मन पर्छ । मामा घरमा सुगा पाल्नु भएको छ । जसलाई पनि बोलाउँछ । दाजु, दिदी, आमा भन्छ त्यसैले मन पर्छ । 

फूल

लैबेन्डर फूल मलाई फेभरेट लाग्छ । त्यसको कलर सफ्ट छ । कसैले यसलाई प्रयोगमा ल्याएको छैन । हेर्दै सुन्दर लाग्छ ।

मन पर्ने खाना 

मलाई बोइल गरेको खाना मन पर्छ । सानैमा जापानमा बसेको हुनाले पनि होला जापानिज खाना मन पर्छ ।

पोशाक

मलाई त नर्मल्ली क्याजुअल  कुर्था–सुरुवाल, टि–सर्ट, स्पोर्ट सुज आदि मन पर्छ । कसैले यो लगाएर महिना दिनै बस भन्यो भने बस्न सक्छु । 

सवारी साधन

काठमाडौं आसपास घुम्नलाई  स्कुटर चलाउन मन लाग्छ भने धुलो धुवाँ देख्दा कार नै मन पर्छ । 

हेयर 

मेस्सी स्टाइलको मन पर्छ । मलाई यो हेयर स्टाइलमा अति सुहाउँछ । 

प्रस्तुति : भोला अधिकारी

प्रकाशित: १३ असार २०७५ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App