७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बाढीमा फसेका बालबालिकालाई अझै निकाल्न सकिएन

बैंकक- अविरल वर्षा र बाढीका कारण उत्तरी थाइल्याण्डको एक खोला किनारमा फसिरहेका बालबालिकालाई बुधबार पनि निकाल्न सकिएको छैन्। 

उनीहरु गएको शनिबारदेखि खोला किनारभन्दा केही माथि रहेको गुफामा फसेका छन्। फुटबल खेल्न गएका १२ जना बालबालिका भारी वर्षाका कारण खोला बढेपछि घर फर्किन सकेका छैनन्। 

निकै अप्ठेरो ठाउँमा उनीहरु फसिरहेका छन्। उनीहरुको उद्दार कार्य जारी नै रहेको छ तर अविरल वाढीका कारण यो सम्भव हुन सकिरहेको छैन। 

उद्दार कार्य बुधबार पनि जारी रहेको अधिकारीहरु बताउँछन्। तर परिणाम आज पनि निराशाजनक भएको उद्दारमा खटिएका अधिकारीहरुले बताएका छन्। 

अर्काे गाउँमा फुटबल हेर्न पुगेका ती बालबालिका साँझ घर फर्किने बेलामा घनघोर वर्षा भयो र बाढी आयो। त्यसपछि उनीहरु एक गुफामा छिरेका स्थानीय अधिकारीहरुको भनाई छ। उनीहरु भन्छन्– उद्दारको लागि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ तर मौसमले साथ दिएको छैन। 

म्यानमारको सीमा नजिकैको एउटा एकान्त स्थलमा रहेको यस गुफामा भारी वर्षापछि उनीहरूलाई उद्वारै गर्न नसक्नेगरी बाढी आएको अनुमान गरिएको छ। फसेका ती बालबालिकाको उमेर ११ देखि १६ वर्षको भएको बताइएको छ । उनीहरुलाई डुङ्गाको सहायताले खानेकुराहरु दिइएको छ। 

बुधबार बिहान पनि सयौँ स्थानीय र ती बालबालिकाका आफन्तले वर्षा र बाढी घट्ने प्रतिक्षा गरेर त्यो गुफाको परिपट्टि पुगेर प्रार्थना गरेका छन्। तिनका आफन्त र अभिभावकले अकासतिर हेर्दै वर्षा कम होस् भन्ने कामना गरिरहेका बताइएको छ। ती दृश्यहरु स्थानीय टेलिभिजन च्यानलले देखाएका छन्। 

उनीहरुले ती बालबालिकाको सकुसल उद्दारका लागि भगवानसँग प्रार्थना गरिरहेका दृश्यहरु स्थानीय टेलिभिजनहरुले देखाएका छन्।

प्रकाशित: १३ असार २०७५ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App