८ वैशाख २०८१ शनिबार
खेल

अर्जेन्टिनाको खेल हेर्दा हेर्दै स्वास्थ्यमा समस्या आएपछि म्याराडोना अस्पताल भर्ना

रसिया- विश्वकपमा अर्जेन्टिनाको दोस्रो चरण प्रवेशको खेल हेर्दाहेर्दै स्वासप्रश्वासमा समस्या आएपछि म्याराडोना अस्पताल भर्ना भएका छन्।  

खेल शुरु भएको ८६ औ मिनेटमा मार्कोश रोजोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउँदा  म्याराडोनाले दुवै हात फिजाएर खुशी मनाएका थिए।

हात फिजाए लगतै उनलाई श्वास फेर्न गाह्रो भएपछी उनका साथीहरुले आड दिएका थिए। खेलको मध्यान्तरमा उनको ढाड र घाँटीमा समस्या आएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएपनि म्याराडोनाले अस्विकार गर्दै स्टेडियममै बसेका थिए।

सन् २००० मा अत्याधिक कोकिन सेवन गरि अस्पताल समेत पुगेका म्याराडोना सन् १९९४ मा केहि समयका लागि खेल जीवनबाटै प्रतिबन्धित भएका थिए। म्याराडोनाले सन १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए भने १९९० मा फाइनल सम्म पुर्याएका थिए।

 

प्रकाशित: १३ असार २०७५ ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App