मरिच तस्करीको आरोपमा चार जना थुनामा

बुधबार, १३ असार २०७५, १४ : ०३ नागरिक

वीरगञ्ज- राजश्व अनुसन्धान विभाग काठमाडौँले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ। अन्य एक व्यापारीलाई काठमाडौँ लगिएको छ।

गत जेठ २१ गते प्रहरीले वीरगञ्ज भन्सार नाकाबाट १२ टन २०० किलो मरिच भारततर्फ तस्करी गर्न लैजाने क्रममा वीरगञ्ज महानगरपालिका– ५ कुम्हाल टोलका सञ्जय अग्रवाल पटवारी, भारतीय ट्रक चालक धर्मेन्द्र कुमार, भन्सार क्लियरिङका एजेन्ट वीरेन्द्र गुप्ता र दिलीप श्रीवास्तवलाई पक्राउ गरी थुनामा राखेको हो। उत्तम अग्रवाललाई पर्सा प्रहरीमार्फत सोधपुछका लागि काठमाडौँ पठाइएको छ।

मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटी रकम रु तीन करोड ७६ लाख ८० हजार बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको राजश्व अनुसन्धान विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले जानकारी दिए। उनलाई हाल नख्खु जेलमा राखिएको छ।

राजश्व विभागले थालेको प्रारम्भिक अनुसन्धानका क्रममा अग्रवाल दोषी पाइएको थियो । एक वर्षदेखि वीरगञ्जसहित आसपासका नाकाबाट ठूलो परिमाणमा विदेशबाट आयातित मरिच महंगोमा बेच्न वीरगञ्जका व्यापारी सक्रिय थिए । गत जेठ २१ गते राति वीरगञ्ज भन्सार नाकाबाट भारतीय ट्रकमा भारत पठाउन लागिएको १२ टन २०० किलो मरिच प्रहीले बरामद गरेको थियो।

निर्देशक पोखरेलसहितको टोलीले वीरगञ्जको दुईवटा व्यापारिक प्रतिष्ठानमा छापा हानी कागजपत्र जफत गरेको थियो । तेस्रो मुलुकबाट मरिच ल्याई व्यापार गर्ने ठूलो समूह वीरगञ्जमा सक्रिय रहेको प्रहरीले जनाएको छ। रासस
 

 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad