१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उडानकै बेला पाइलटलार्इ हृदयघात

तस्विर : एजेन्सी

नयाँ दिल्ली - इन्डिगो एयरलाइन्सकाे एक विमानमा मुख्य पाइलटलाई उडानकै बेला हृदयघात भएपनि सामान्य ढंगले नै विमानलाई अवतरण गराएर सम्भावित दुर्घटना हुनबाट जाेगाएका छन्।

समाचार एजेन्सीहरूका अनुसार इम्फालबाट कोलकाता आउँदै गरेको विमानमा पाइलटलाई हृदयघात भएको थियो। क्युवा मुलका ६३ वर्षीय पाइलट सिल्भियो डियाज अकोस्टालाई उडानकै क्रममा हृदयघात भएको हो।

कोलकता नजिकैको आकाशमा आइपुगेको अवस्थामा उनलाई हृदयघात भएको बताइन्छ। अवतरणको तयारी गरिरहँदा उनले आफ्नो को–पाइलटलाई  अाफूलार्इ  छाती  दुख्न थालेकाे बताएका थिए। उनकाे दुखार्इ बढ्दै गएकाे थियाे।

भारतीय संचारमाध्यमका अनुसार उनले पीडाका बाबजुत पनिि  को–पाइलटको सहयोगमा विमानलाई सुरक्षित अवतरण गराएका थिए। अवतरण लगतै उनलार्इ अस्पताल भर्ना गरिएकाे थियाे।

हृदयघातका कारण  उनलार्इ छातीमा पीडा भएको  उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ। मुटुमा जाने नसामा रक्तप्रवाह निकै कम या पूर्ण रुपमा बन्द हुँदा यस्तो समस्या आउने चिकित्सकको भनाइ छ। उनकाे स्वास्थ्यमा विस्तारै सुधार भइरहेकाे चिकित्सहरूले बताएका छन्।

प्रकाशित: १३ असार २०७५ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App