लागूऔषधसहित चारजना पक्राउ

बुधबार, १३ असार २०७५, १० : ५६ नागरिक

नवलपरासी – पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

प्रतिबन्धित लागूऔषध छोड्न आएका दुईजना र लागूऔषध खरिद गर्न आएका दुईजना गरी चारजनालाई मध्यबिन्दु नगरपालिका–८ चोरमारा फूलबारी चोकबाट प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

पक्राउ गर्नेमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ का २७ वर्षीय अजित चौधरी, रामग्राम नगरपालिका–१० का २१ वर्षीय नितेशसिंह चौधरी, पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–६ निवासी २९ वर्षीय सुमित पौडेल र कावासोती–१३ निवासी ३२ वर्षीय बलराम महतो रहेका छन्।

उनीहरुको साथबाट फेनार्गन २९६ एम्पुल, नुफिर्न २८० एम्पुल, डाइजेपाम ३०६ एम्पुल गरी ८८२ एम्पुल लागूऔषध बरामद गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

उनीहरुको साथबाट प्रहरीले छ थान मोबाइल, ११ हजार ५०० नगद, उनीहरुले प्रयोग गरेको लु १५ प २५९६ नम्बरको मोटरसाइकल र ना ४१ प १७१० नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ। रासस







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad