coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आजको प्रतिनिधि सभा बैठकमा बाह्र विभागीय मन्त्रीहरूले जवाफ दिँदै

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । मन्त्रालय शीर्षकमा विनियोजित बजेटबारे सांसदहरूले उठाएको प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनको लागि बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभागीय मन्त्रीले जवाफ दिनेछन् । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र रक्षा मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीहरूले जवाफ दिनेछन्। मन्त्रालयगत बजेटमाथिको छलफल भोलिसम्म चल्ने छ।

सम्बन्धित मन्त्रीले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि बजेट पारित गर्ने प्रक्रिया शुरु हुनेछ ।  प्रदेश नंं ५ प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक आज मध्याह्न १२ बजे बस्ने प्रदेश सचिवालयले जनाएको छ । हिजो बस्ने भनिएको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध पारेपछि स्थगित भएको थियो ।

सरकारले सहमतिअनुसार बजेटमा विपक्षीका भावना नसमेटेको, बजेट समावेशी र सन्तुलित नभएको भन्दै काँग्रेसले पटक–पटक प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।प्रदेश ७ को प्रदेशसभाको आज अपराह्न ४ बजे बस्ने भएको छ । हिजो बस्ने भनिएको बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा प्रतिपक्षी दलका सदस्यको असन्तुष्टिका कारण स्थगन गरिएको थियो ।

प्रतिपक्षी दलका सदस्यले प्रदेश सरकारले आव २०७५-७६ का लागि ल्याएको बजेट विनियोजनको प्रकृतिप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभाको सोमबारको बैठक पनि छलफलमा प्रवेश नै नगरी स्थगन गरिएको थियो।
 

प्रकाशित: १३ असार २०७५ ०४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App