७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसमा असन्तुष्टि

काठमाडौं – पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल नै नगरी सोसलिस्ट इन्टरनेसनलविरुद्ध अर्को संगठन जन्माएको भन्दै नेपाली कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएका छन्। सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्षसमेत रहेका देउवाले उक्त संगठनलाई विभाजीत गरेर प्रोग्रेसीप एलाइन्स फोरम स्थापना गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

पार्टीभित्र कुनै छलफलसमेत नगरी असार १५ गते देखि एलाइन्सको भेला काठमाडौंमा गर्न लागेको भन्दै पार्टी नेता रामचन्द्र पौडेलसहितका नेताहरूले त्यसमा सहभागिता नजनाउने निर्णय गरेका छन्। पार्टी पूर्व महामन्त्री प्रकाशमान सिंहको निवासमा सभापति देउवा इतरका नेताहरूको बैठकले लामो इतिहास र संलग्नता रहेको संगठनसँगको आवद्धता पार्टीभित्रको छलफलबिनै तोड्ने र अर्को संस्था बनाउने कुरा स्वीकार्य नहुने पनि ठहर गरेका छन्। ‘सभापतिजीको मनोमानी अब उत्कर्षतिर उन्मुख भयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘यतिठूलो विषयलाई गुपचुपै राख्ने काम भएको छ। हामी त्यसलाई स्वीकार गर्ने र सहभागी हुने पक्षमा छैनौ।’

पार्टीका संस्थापक बिपी कोइरालाको अन्तराष्ट्रिय छवि बनाउन सोसलिष्ट फोरमको महत्वपूर्ण भूमिका रहेको ठहर गर्दै असन्तुष्ट सभापति देउवासँग सामुहिक छलफल गर्ने निर्णय गरेको छ।

प्रकाशित: १३ असार २०७५ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App