coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डेनमार्कलाई बराबरीमा रोक्दै फ्रान्स समूह ‘सी’ को विजेता

रूस – डेनमार्कलाई गोलरहित बराबरीमा रोक्दै फ्रान्स रूसमा जारी विश्वकप फुटबलको समूह ‘सी’ को विजेता बन्न सफल भएको छ। लुज्निकी रंगशाला मस्कोमा मंगलबार सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा डेनमार्कसँग बराबरी खेल्दै एक अंक जोडेको फ्रान्स समूह विजेता बनेको हो।

सुरुवातका दुवै खेल जितेको फ्रान्स अन्तिम १६ मा भने यसअघिनै प्रवेश गरिसकेको थियो। फ्रान्ससँग बराबरीमा रोकिएको डेनमार्क पनि समूह समूह ‘सी’ को उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। अब फ्रान्सले प्रि क्वाटरफाइनलमा समूह ‘डी’ को उपविजेतासँग खेल्नेछ भने डेनमार्कले विजेतासँग। समूह ‘डी’ मा क्रोएसिया शीर्ष स्थानमा छ। यस विश्वकपको यो पहिलो गोलरहित बराबरी हाे । याे नतिजासंगै ३ खेलमा फ्रान्सको ७ र डेनमार्कको ५ अंक छ। 

६८ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा राखेपनि फ्रान्सले गोल गर्न भने सकेन्। गोल गर्न पाएका केहि सुनौला अवसरलाई पनि फ्रान्सले सदुपयोग गर्न सकेन्। एन्टोनी ग्रिजम्यान, काइलियान एम्बाप्पे, ओलिभर जिरौड, डेम्बेले र एन्गोलो कान्टे जस्ता स्टार खेलाडी भए पनि फ्रान्सले सोचे जस्तो प्रदर्शन गर्न सकेन।

यता फ्रान्सको तुलनामा कमजोर मानिएको डेनमार्कले प्रहार गरेका ४ वटा प्रहार गोलमा परिणत भएनन्। फ्रान्सले भने खेलअवधिभर ११ वटा प्रहार पोस्टमा हानेपनि गोल भएन। यो खेल जितेको भए डेनमार्क समूह विजेता बन्ने थियो।

यसअघिका दुवै खेल जित्नका लागि पनि फ्रान्सले निकै संघर्ष गरेको थियो। फ्रान्सले उद्घाटन खेलमा अष्ट्रेलियालाई २–१ तथा दोस्रो खेलमा पेरूलाई १–० ले पराजित गरेको थियो। यता डेनमार्कले उद्घाटन खेलमा पेरूलाई १–० पराजित गरेको थियो भने दोस्रो खेलमा अष्ट्रेलियासँग १–१ को बराबरी खेलेको थियो।

 

प्रकाशित: १२ असार २०७५ १६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App