मुद्दाको चापअनुसार जनशक्ति छैनः कामु प्रधानन्यायाधीश

मङ्गलबार, १२ असार २०७५, २० : ५३ नागरिक

काठमाडाैं- कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीले मुद्दाको चापअनुसार न्यायलयमा आवश्यक जनशक्ति नहुँदा सोचेअनुरुप काम गर्न नसकेको बताएका छन्। 

न्यायपरिषद् सचिवालय र सर्वोच्च अदालतको मानव संशाधन विकास समितिद्वारा आज यहाँ आयोजित ‘न्याय सेवामा जनशक्तिको आपूर्ति, वृत्ति विकासको अवस्था’ विषयक कार्यक्रममा उनले भने, “न्यायलयमा पर्याप्त जनशक्ति नहुँदा सोचअनुरुप काम हुन सकेको छैन।” 

कामु प्रधानन्यायाधीश जोशीले न्याय सेवामा जनशक्ति वृद्धि गर्न दशजोड दुईमा कानून विषय अध्यापन शुरु भएको हुँदा केही आशाको किरण जगाएपनि न्याय सेवामा टिकाइरहने अवस्था भए नभएको अध्ययन गर्न जरुरी रहेकाे बताए। 

“न्याय सेवाको जनशक्तिका सम्बन्धमा नीतिगत रुपमा पुनरावलोकन गर्न जरुरी छ,” उनले भने, “बजारमा पर्याप्त मात्रामा कानून पढेका जनशक्ति छन तर किन न्याय सेवामा नआएका हुन, त्यसवारे अध्ययन गर्न जरुरी छ।” 

कामु प्रधानन्यायाधीश जोशीले अदालतमा नयाँ संविधानको कार्यान्वयन गराउने क्रममा अझ मुद्दाको कार्यबोझ थपिँदै गएको तर सो अनुरुप कर्मचारी नहुँदा समयमै काम हुन नसकेको बताउँदै दरबन्दी अभावका कारण न्यायलयजस्तो संवेदनशील ठाउँमा करारमा कर्मचारी राखेर काम गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे। 

उनले न्यायलयमा कर्मचारी दरबन्दीको समेत पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको बताए। रासस





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad