८ वैशाख २०८१ शनिबार
समाज

जन्मदर्ता प्रमाणिकरण शुल्क चर्को भएको भन्दै नगरपालिकाको आलोचना

म्याग्दी- बेनी नगरपालिकाले वैदेशिक प्रयोजनका लागि गरिने सबै प्रकारका सिफारिस अंग्रेजीमा प्रमाणित गरिदिए वापत एक हजार रुपैयाँ राजश्व लिने गरेको जनाएको छ। वैदेशिक प्रयोजनको सिफारिस दस्तुर एक हजार लिएको रसिद सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुसालले एक प्रेस विज्ञप्ती निकाल्दै प्रथम नगरसभाले सुचिकृत गरेको दररेट अनुसार नै वडाले शुल्क लिएको बताएका छन्।

 विज्ञप्तीमा जन्म  भएको ३५ दिनभित्र निशुल्क हुने कानुनी ब्यवस्था रहेको बताउँदै ३५ दिन नाघेमा ५० रुपैयाँ लाग्ने ब्यवस्था रहेको बताए। घटना दर्ताको विषयमा सकेसम्म कम राजश्व लिने गरिएको बताउँदै आगामी दिनमा समेत सोही कार्यलाई निरन्तरता दिने जनाइएको छ।

विज्ञप्तीमा सामाजिक सञ्जालमा अनावश्यक बहस गर्नेकार्य प्रति गम्भीर ध्यानर्कषण भएको बताउँदै सेवाग्राहीलाई प्रभावकारी सेवा दिन नगरपालिका प्रतिबद्ध रहेको बताइएको छ। सामाजिक सञ्जालमा नगरपालिका र वडाले जन्मदर्ता प्रमाणित गरेको  राजश्व एक हजार लिएको भन्दै चर्को आलोचना भएको थियो। नगरपालिका तथा वडा कार्यालयले सेवा दिएवापत राजश्व लिएपनि सेवाग्राहीलाई राजश्वका बारेमा कुनैपनि जानकारी नगराउने गरेको भन्दै आलोचना भइरहेको छ। यता आफ्नो वडाबाट दिइएको सेवाका बारेका बारेमा सामाजिक सञ्जालमा भाइरल भएपछि वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले सेवाप्रवाह कानुन अनुसार भएको बताए। उनले वडाका सेवामा न्यूनतम राजश्व लिने योजन भएपनि प्रथम नगरसभाबाट तोकिएको राजश्व लिनुपर्ने बाध्यता रहेको बताए। स्वदेश तथा विदेशमा रहेका नगरबासीले प्रमाणित गरिएको शुल्क घटाउन अनुरोध गरेका छन्।

 

 

प्रकाशित: १२ असार २०७५ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App