६ वैशाख २०८१ बिहीबार
खेल

विश्वकप इतिहासमै सबैभन्दा बढी पेनाल्टी

काठमाडाैं - रसियामा जारी फिफा विश्वकप २०१८ मा विश्वकप फुटबलकाे इतिहासमै सबैभन्दा बढी पेलाल्टी प्रदान गरिएको छ।

जारी विश्वकपको समुह चरण अन्तर्गतका अन्तिम राउण्डका खेल चलिरहँदा सोमबार इरान र पोर्चुगलबीचको खेलमा पोर्चुगलले प्राप्त गरेको पेनाल्टीले रेकर्ड कायम गरेको हो। उक्त पेनाल्टी जारी विश्वकपको १९ औं पेनाल्टी रहेको थियो। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले उक्त अवसरलाई खेर फालेका थिए। यसअघि सबैभन्दा बढी पेनाल्टी सन् १९९० , १९९८ र २००२ मा दिईएको थियो। जसमा प्रतियोगिताभर समान कुल १८ पेनाल्टी दिइएका थिए। यसअघि ब्राजिलमा भएको विश्वकप फुटबलमा जम्मा १३ पेनाल्टी दिइएको थियो।

जारी विश्वकपमा साेमबार सम्ममा कुल पेनाल्टी संख्या २० पुगेका छन्। जसमा १५ मा गोल भएकाछन् भने ५ पेनाल्टी गोलमा परिणत हुन सकेनन्।

यो विश्वकपमा पहिलो पल्ट प्रयोग गरिएको भिएआर (भिडीयो एसिस्टेन्ट रेफ्रि) को प्रयोगले समेत पेनाल्टी संख्या बढाएको बताइएको छ। २० पेनाल्टी मध्ये ७ पेनाल्टी भिएआरको सहायताले दिइएको थियो।

हालसम्म पेनाल्टी दिएकाे यहि आकडालाई आधार मान्ने हो भने जारी विश्वकप सकिनसम्म कुल पेनाल्टी संख्या ३० पुग्ने अनुमान गरिएको छ।
 

प्रकाशित: १२ असार २०७५ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App