८ वैशाख २०८१ शनिबार
समाज

हिंसा पीडित महिलाका लागि आवास गृह निर्माण

काठमाडौं- बर्दियाको गुलरिया नगरपालिकामा लैङ्गिक हिंसा र विभेदबाट प्रभावित महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण भएको छ। महिला तथा बालबालिका कार्यालयले प्रदान गरेको जग्गामा सरकारबाट अनुमति प्राप्त गरी प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा दुई तल्लाको सुरक्षित आवास गृह निर्माण गरिएको हो। नवनिर्मित भवनको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सोमवार एक कार्यक्रमवीच उद्घाटन गरिन्। मन्त्री थापाले स्थानीय निकायसँग समन्वय गरी आवास गृह सञ्चालन गर्न आग्रह गरिन्।

आवास गृहभित्रमहिला पुरुषका लागि छुट्टै स्नानगृह, शौचालय, परामर्श कक्ष, मनोरञ्जन कक्ष, वार्डेन कक्षसहितका सुविधा छन्। साथै, बालबालिका मैत्री खेलकुद सामाग्री र फर्निचरको समेत व्यवस्था गरिएको छ। प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले सुरक्षित आवास गृह निर्माण परियोजनाले भवन निर्माणलाई मात्र नभई लैंङ्गिक हिंसा अन्त्यका लागि जनचेतना जगाउने लक्ष्य समेत राखेको बताए।

प्लान इन्टरनेशनल नेपालले राधाकृष्ण थारु सेवा केन्द्रको साझेदारीमा निर्माण गरेको भवनको कुल लागत १ करोड २५ लाख १८ हजार रुपैयाँ छ। जसमध्ये ११ लाख ९८ हजार रुपैयाँको फर्निचर, परामर्श कक्षको व्यवस्था, खेलकुद सामाग्री लगायतमा खर्च भएको छ।

 

प्रकाशित: १२ असार २०७५ ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App