coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामा इजरायलले हान्यो क्षेप्यास्त्र

दमासकस- सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ। 

ती क्षेप्यास्त्र इजरायलले हानेको सिरियाली सरकारी सञ्चारमाध्यमले मङ्गलबार सो जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ। 

सिरियाको सरकारी समाचार समिति सानाले मङ्गलबार दमासकस अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इजरायलले दुर्इ वटा क्षेप्यास्त्र आक्रमण गरेको जानकारी दिएको छ। 

मानवअधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देल रहमानले एएफपी समाचार समितिलाई विमानस्थलनजिकै रहेको हिज्बुल्लाहहरुको सशस्त्र हातहतियार भण्डार गरिएको स्थानलाई लक्षित गरेर यो क्षेप्यास्त्र आक्रमण भएको बताएका छन्।

मङ्गलबार मध्याह्न विनाकारण गरिएको यो क्षेप्यास्त्र आक्रमणले उक्त हातहतियार भण्डार केन्द्रलाई लक्षित गरेको पनि रामीले दमासकसस्थित विदेशी सञ्चारमाध्यमका समाचारदाताहरुलाई बताएका छन्।

प्रकाशित: १२ असार २०७५ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App