coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरो खस्दा दिक्तेल–ऐसेलुखर्क सडक अवरुद्ध

खोटाङ– वर्षाका कारण खोटाङको दिक्तेल–ऐसेलुखर्क सडक अवरुद्ध भएको छ। भारी वर्षाका कारण दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङ सडकमा पहिरो खस्दा दिक्तेल–ऐसेलुखर्क सडक अवरुद्ध भएको हो। 

सोमबार साँझ खसेको पहिरोका कारण यात्रु लिएर ऐसेलुखर्कतर्फ गएको बा ४ ख ५०५८ नम्बरको बस रोकिएको यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताए। मंगलबार सडक मर्मत गर्ने काम भइरहेकाले बुधबारदेखि नियमित बस सेवा सञ्चालनमा आउने जनाइएको छ। ‘पहिरो खस्दा नियमित चल्ने बस छेकिएको छ,’ हिङमाङले भने, ‘मर्मत भइरहेकाले भोलिबाट नियमित बस चलाउने तयारी गरेका छौँ।’ 

वर्षाका कारण जिल्लाका अधिकांश कच्ची सडक अवरुद्ध भएका छन्। 

प्रकाशित: १२ असार २०७५ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App