काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको सिंगापुर बसाई लम्बिएको छ। पत्नी सीता दाहालको उपचारका लागि १० दिनअघि सिंगापुर गएका अध्यक्ष दाहाल अझै एक साता सिंगापुरमा बस्ने भएका छन्।
सिंगापुरबाट फर्केकी छोरी गंगा दाहालका अनुसार सीताको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। ‘वाटर थेरापी र डाक्टरको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने सल्लाहअनुसार आमाले अझै एक हप्ता त्यही बसेर उपचार गनुपर्नेछ’, गंगाले भनेकी छिन्- ‘देशको राजनीति र व्यस्तताका बाबजुद पनि ममीको स्वास्थ्य र मनोविज्ञानलाई ख्याल गरेर बुवा उपचार सकेरै एक हप्तापछि नेपाल फर्कनु हुनेछ।
प्रकाशित: १२ असार २०७५ १०:०७ मंगलबार