७ वैशाख २०८१ शुक्रबार
समाज

प्रेमीसँग मिलेर श्रीमानकाे हत्या

धनगढी –  कञ्चनपुरको  पुनर्वास नगरपालिकाका – २ तेजबहादुर बिष्टलाई उनकी श्रीमती लक्ष्मी बडेलाले प्रेमीसँग मिलेर हत्या गरेकी छन्।

  उनले प्रेमी दिपक खत्रीसँगको मिलेमतोमा भीमदत्त पन्त राजमार्ग अन्तर्गत भासुको भीरमा मोटरसाइकलसहित उनलाई लडाएर हत्या गरेको कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए। गोदावरी नगरपालिका –११ वोलानीमा रहेको ससुराली घरमा बिष्ट श्रीमतीसहित गएका थिए। असार ८ गते साँझ विष्ट त्यहाँबाट निस्केपछि वेपत्ता भएका थिए।

झुक्याएर विष्टलाई उनकी श्रीमती लक्ष्मीले भासुको भीरमा लगेर मोटरसाइकल सहित भीरबाट खसालेको प्रहरीले जनाएको छ। ८ गतेदेखि सम्पर्कविहिन भएको भनेर प्रहरी समक्ष उजुरी आएपछि उनको खोजीको क्रममा उनकी श्रीमती लक्ष्मी र लामो समयदेखि उनीसँग प्रेम सम्बन्धमा रहेका दिपक खत्रीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गर्दा भासुको भीरमा खसालेर हत्या गरेको खुलासा भएको हो। उनको बयानमा आधारमा भीरमा गएर खोज्दा भट्टको लास फेला परेको र उनले प्रयोग गर्ने म २ प ६४७७ नम्बरको मोटरसाइकल फेला परेको एस पी घिमिरेले बताए।

ठुलो भीरको खोल्सामा अड्किएको भट्टको लास र मोटरसाइकल प्रहरीले अझै झिक्न सकेको छैन। भट्ट र लक्ष्मी गत वैशाख १६ गते वैवाहिक बन्धनमा वाँधिएका थिए। लक्ष्मीसँगको प्रेम सम्बन्धमा रहेका दिपकसँग विवाह गर्ने प्रस्ताव अस्वीकार गरी  भट्टसँग परिवारले मागी विवाह गरिदिएका थिए। जसरी पनिसँगै बाँच्ने कसम खाएका लक्ष्मी र दिपकले योजना बनाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको उनले बताए। दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।

प्रकाशित: १२ असार २०७५ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App