‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई चीनले सहयोग गर्छ : प्रधानमन्त्री ओली

मङ्गलबार, १२ असार २०७५, १२ : २८ नागरिक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई सम्बोधन गर्दै आफ्नो चीन भ्रमणका उपलब्धि बारे जानकारी दिएका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति, प्रधानमन्त्री लगायत अन्य नेताले नेपालमा एतिहासिक राजनीतिक परिवर्तन भएको भन्दै खुशी व्यक्त गरेको बताए। चीनले नेपालमा राजनीतिक स्थायीत्व, सामाजिक विकास र समृद्ध नेपाल सुखी नेपाली अभियान सफल हुने विश्वास लिएको बताउँदै प्रधानमन्त्री ओलीले उक्त अभियानलाई सफल पार्न सक्दो रहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताए।

‘हिमाल वारपार बहुआयामीक सञ्जाल विस्तार गरेर रेलवे, सडक, बन्दरगाह,  जस्ता क्षेत्रमा अगाडि बढाउने सहमति भएको छ। नेपाल र चीनको हितका लागि चौध बुंदे संयुक्त विज्ञप्ति जारी भएको बताउँदै ओलीले एसले आर्थिक सहयोगको दायरालाई फराकिलो बनाउन मदत पुग्ने बताए।’

दुवै पक्षबीच स्थल, हवाई क्षेत्रको विस्तारका लागि भएका सहमतिलाई आफुले महत्वपूर्ण उपलब्धिको रुपमा लिएको उनले बताए। कोषी, गण्डकी, कर्णाली करीडोर अध्ययनका लागि थप सहमती भएको ओलीले संसदलार्इ जानकारी दिए।  सीमावारपार प्रशारणलाइनको सम्बन्धमा पनि हस्ताक्षर भएको छ ओलीले भने। नेपाल र चीनबीच पावहन सम्झौताको विषय जुनमा बैठक बसेर टुंगाइने उनले बताए।

चीनमा नेपाली बस्तुको निर्यातका लागि सहजिकरण गर्न आर्थिक तथा प्रधाविधिक सहयोग गर्ने, कारोबार बैंकिङ माध्ययमबाट गर्ने विषयमा चिनियाँ पक्ष सहमत भएको उनले बताए।

सन् २०३० लाई नेपाल भ्रमणको वर्षकोरुपमा मनाउने सरकारको योजनमा सहयोग गर्न चीन सहमत भएको ओलीले बताए। हाल उपलब्ध गराउँदै आएको छात्रवृत्ति बढाउन चिनियाँ पक्ष सहमत भएको ओलीले बताए।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइएकाले चाडै नेपाल भ्रमण हुनेमा विश्वास लिइएको उनले बताए।  चिनियाँ व्यापारिहरुलाई नेपालमा लगानी गर्न आग्रह गरिएको उनले बताए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad