कहिले सुध्रने आकस्मिक कक्ष?

मङ्गलबार, १२ असार २०७५, ०९ : ४६ डा. सञ्जय गजुरेल

धेरैखाले विशेषज्ञको दरबन्दी भएको शिक्षण अस्पताल महाराजगन्ज नेपालको एउटा सबैभन्दा ठूलो अस्पताल मानिन्छ। यसको आकस्मिक कक्षमा उपत्यकाबाहिरका खासै स्वास्थ्य पूर्वाधार नभएका अस्पतालबाट उपचारका लागि बिरामी निकै संख्यामा ल्याइन्छ । आकस्मिक स्वास्थ्यकर्मीको अभावमा बिरामीको भिड लागेको कोठामा बिरामीका नातेदार र साथीभाइको हुल पनि त्यत्तिकै देखिन्छ।

न्यून साधनस्रोत र कर्मचारीका बाबजुद डाक्टर र नर्स आफ्नो बलबुताले भ्याएसम्म बिरामी बचाउन तत्पर देखिन्छन् । सिकिस्त बिरामीलाई मर्ने र बाँच्ने अवस्थाबाट बाहिर निकालेपछि उनीहरूलाई छुट्टै उपचार पाइसकेका बिरामीसँग बेड सेयर गरेर राखिन्छ। पर्याप्त बेड अभावमा बिरामीलाई बचाउनु पहिलो प्राथमिकता बन्यो, बेड सेयर गरेर संक्रमण हुन सक्ने कुराले प्राथमिकता पाएन।

विभिन्न जाँच र औषधिका लागि बिरामीले नै जिम्मेवारी लिनुपर्ने भएकाले बिरामीका सहयोगीहरूको निकै आवश्यकता देखिन्छ । जाँचका लागि लाइन लागेर पैसा तिर्न अर्कै बिल्डिङ जानुपर्ने, लाइन लागेर औषधि किन्ने, बिरामीको दिसापिसाब, रगत इत्यदिको नमुना पेस गरी रिपोर्ट आफैँले ल्याउने अनि फेरि एक्स रे, सिटी स्क्यान, एमआरआइका लागि बिरामीलाई आफँैले लग्नुपर्ने अवस्था छ। यतिसम्म कि रगत भएको सुइ बोकेर जाँचका लागि आइसिसियुविभाग खोज्दै गएर रिपोर्ट ल्याएको पनि देखियो।

सबै रिपोर्ट आएपछि भर्ना गर्नुपर्ने बिरामीलाई अस्पतालको बेडका लागि भनसुन चाहिने हुन्छ । बल्लबल्ल बिरामी भर्ना हुन्छ तर त्यहाँ पनि बिरामीका सहयोगीले प्रत्येक दिन नर्स र डाक्टरले भनेबमोजिम जाँच गर्ने र औषधि किन्नुपर्ने देखिन्छ । बिरामीको रेखदेखको अभिभारा सहयोगीकै हुन्छ। यसरी बिरामी जस्तै सहयोगीले पनि उत्तिकै यातना झेल्नुपर्ने स्थिति देखिन्छ।

सहयोगीले गर्नुपर्ने कामका लागि केही स्वास्थ्य कर्मचारी नियुक्त गरेमा आकस्मिक विभागको भीड कम हुने, डाक्टरले शान्त वातावरणमा प्रभावकारी ढंगले उपचार गर्न पाउनेमात्र नभई सहयोगीको दिनचर्यामा समेत अवरोध नपर्ने देखिन्छ । अस्पतालले सहुलियत मूल्यमा ती सुविधा उपलब्ध गराएको खण्डमा बिरामीलाई घर निक्लँदा एक/एक हिसाब राखिएको रसिदबमोजिम एकमुस्ट रकम बुझाउँदा कुनै आपत्ति नहोला।

शिक्षण अस्पतालमा पर्याप्त कर्मचारी राजनीतिक सम्बन्धबाट नियुक्त भएको देखिए पनि अस्पताललाई व्यक्तिगत फार्मेसी, क्लिनिक र अस्पतालको प्रचारका लागि प्रयोग गरेको पाइयो । अस्पतालको औषधि पसलमा बाहिरको निजी पसलभन्दा निकै कम औषधि देखियो । लामो लाइन बसेपछि छैन भनेको सबै औषधि अस्पातलको फर्मासिस्टले औल्याएको ती निजी पसलमा चाहिँ उपलब्ध थिए। औषधिको मूल्य पनि ती पसलमा धेरै भएको पाइयो।

अस्पताललगायत नेपालका अन्य क्षेत्रमा पनि ग्राहकले दौडधूप गर्नुपर्ने काम भित्रैबाट भए भीडभाड कम हुने र कार्यालयको क्षमता बढ्ने देखिन्छ । सबै क्षेत्रमा न्यून लगानीमा व्यवस्थापन गर्न सकिने कुरालाई मात्र पनि ध्यान दिन सके देशमा निकै सुधार आउने देखिन्छ।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad