coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘२०५३ बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउन प्रयासमा छौं’

टेक्सासको हार्लिनगेनस्थित बालबालिकाका लागि आप्रवासी वासस्थानमा खेल्दै आप्रवासी बालबालिका । तस्बिर : एजेन्सी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शून्य सहनशीलता’ आप्रवासी नीतिका कारण अभिभावकसँग छुटिएकामध्ये बाँकी दुई हजार ५३ बालबालिकालाई उनीहरुको अभिभावकसँग पुनर्मिलन गराउने प्रयासमा आफूहरुले रहेको अमेरिकी सरकारले बताएको छ।

अमेरिकी अधिकारीहरुका अनुसार आप्रवासी नीतिका कारण परिवारसँग छुटाइएका बालबालिका पुनर्मिलन गराउने प्रक्रिया राम्ररी मिलाइएको छ । डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिस (डिएचएस)को हिरासतमा बाबुआमासँग छुट्टाइएका दुई हजारभन्दा बढी बालबालिका रहेको बताइएको छ ।

आप्रवासी परिवारका अभिभावक र बालबालिकाका कानुन व्यवसायीले व्यवस्थित व्यवस्थाको अत्यन्तै कम प्रमाण देखेको आरोप लगाउँदै ट्रम्प प्रशासनको आलोचना गरेपछि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले शनिबार अबेर तथ्य सिट जारी गरेको थियो।

अमेरिकी सीमा अधिकारीको हिरासतमा रहेका पाँच सय २२ बालबालिकालाई उनीहरुको परिवारसँग पुनर्मिलन गराइसकिएको उक्त तथ्य सिटमा जनाइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पक्राउ परेका आप्रवासी र उनीहरुका बालबालिकालाई छुट्याउने नीति फिर्ता लिएको तीन दिनपछि उक्त तथ्य सिट जारी गरिएको थियो ।‘हिरासतमा रहेका सबै बालबालिकाको अवस्था अमेरिकी सरकारलाई जानकारी छ र ती बालबालिकालाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराउने कार्य जारी छ,’ डिएचएसले जारी गरेको तथ्य सिटमा जनाइएको छ।

सीमामा बाबुआमासँगै पक्राउ परेका पाँच सय २२ बालबालिकालाई डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसको हिरासतमा स्थान्तरण नगरिएको र अदालती प्रक्रिया तत्काल पूरा गरी बाबुआमा फर्किएको कारण उनीहरुलाई भने पुनर्मिलन गराउन सफल भएको अमेरिकी प्रशासनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।अमेरिका–मेक्सिकोमा पक्राउ परेका आप्रवासी र उनीहरुका बालबालिकालाई छुट्याएर पिँजडामा राखेको तस्बिर बाहिरिएपछि अमेरिका र विश्वभर उक्त कदमको आलोचना भएको थियो ।

व्यापक आलोचनापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धी यस्तो नीति फिर्ता लिए पनि आइतबार उनले आफ्नो हार्डलाइन आप्रवासी नीतिलाई नविकरण गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनको पछिल्लो नीतिअनुसार गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने जो कोहीलाई पनि पक्राउ गरेलगत्तै कुनै पनि न्यायिक प्रक्रिया पूरा नगरी जुन ठाउँबाट आएको हो त्यतै पठाउने विषय उल्लेख गरिएको छ।

पक्राउ परेका आप्रवासीले कसरी आफ्ना बालबालिकालाई भेट गर्न पाउँछन् भन्ने दुई महिना लामो दोधारपछि नयाँ विवरण आएको छ । सीमामा पक्राउ परेलगत्तै बाबुआमालाई विभिन्न सरकारी एजेन्सीमा लगिने गरिएको थियो भने उनीहरुका बालबालिकालाई भने सरकार सञ्चालित विभिन्न आश्रयस्थलमा लगिएको थियो।

बालबालिकालाई कसरी उनीहरुका बाबुआमासँग भेटाउने भन्नेबारे ट्रम्प प्रशासनले प्रक्रिया बनाएको डिएचएसलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । त्यसरी पक्राउ परेका आमाबाबु र बालबालिकालाई देशबाट बाहिर निकाल्ने प्रक्रिया भने अन्त्य हुन कैयौं महिना लाग्ने बताइएको छ । त्यसअवधिमा आमाबाबु र बालबालिकालाई सँगै बस्न दिइन्छ वा दिइँदैन भन्नेबारे भने तथ्य सिटले केही नबताएको रोयसर्टले जनाएको छ।

 उनको पछिल्लो नीतिअनुसार गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने जो कोहीलाई पनि पक्राउ गरेलगत्तै कुनै पनि न्यायिक प्रक्रिया पूरा नगरी जुन ठाउँबाट आएको हो त्यतै पठाउने विषय उल्लेख गरिएको छ।
 

प्रकाशित: १२ असार २०७५ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App