coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

लैंगिक समानताका लागि कलाकर्म

धादिङ – अभिनय तथा गायन विधामा आबद्ध कलाकारहरूले नेपाली महिलाले सदियौंदेखि भोग्दै आएका दर्दनाक पीडालाई आफ्ना प्रस्तुतिमार्फत् अभिव्यक्त गरेका छन्।

कलाकारहरु शिवहरि पौडेल, जितु नेपाल, निरज नेपाल, सविता गुरुङ, गायिका मेलिना राईलगायतले धादिङमा आयोजित कार्यक्रममा कलाको माध्यमबाट महिला–पुरुषबीच विद्यमान विभेदको रेखा तोडिनुपर्ने प्रस्तुति दिए । उनीहरुले महिलाको योगदानलाई बोलीमा मात्र नभई व्यवहारमा पनि कदर गरिनुपर्ने सन्देश दिए।

‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् भन्ने शास्त्रीय ज्ञानको सम्मान गर्न सबैलाई कार्यक्रममार्फत् आग्रह गरे । महिला सशक्तिकरण र लैंगिक समानताका लागि सामुदायिक मेलाको रुपमा आयोजना गरिएको कार्यक्रममा धादिङका ग्रामीण क्षेत्रका महिला, बालबालिकाहरूको उल्लेख्य सहभागिता थियो । ‘सहि हो मेरो समर्थन उनलाई’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा सचेतनामूलक सन्देश दिएका थिए।  

महिला र अधिकारको क्षेत्रमा काम गर्दै आएका संस्थाहरु एक्वेल एक्सेस नेपाल, सामुदायिक सारथी र युएन ओमनको सहकार्यमा मेलाको आयोजना गरिएको हो । राज्यको हरेक निकायमा महिलाको निर्णायक सहभागिता बढाउन र लैगिक हिंसा न्यूनिकरणको लागि जनचेतना फैलाउन सरोकारवालाको सहभागितामा सामुदायिक मेलाको आयोजना गरिएको हो।

मेलाको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकग्राम जमरकट्टेलले उद्घाटन गरेका थिए । संविधानले महिलालाई अनगिन्ती हक दिएकाले तिनको पूर्ण कार्यान्वन गर्ने प्रतिबद्धता उनले जनाए ।  महिला पुरुष मिलेर अघि बढेमा मात्र देशले समृद्धि हासिल गर्न सक्छ भन्ने सन्देश दिनको लागि मेला आयोजना गरिएको एक्वेल एक्सेस नेपालका संचार अधिकृत नवोदिता सुवेदीले जानकारी दिइन् ।

 

प्रकाशित: १२ असार २०७५ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App