८ वैशाख २०८१ शनिबार
समाज

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध

चितवन – पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बन्न पुगेको छ।

मंगलबार बिहान करिब पाँच बजेतिर नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोको टोपी खोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बन्न पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरी जवान प्रकाशसिंह बोहराका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ। बोहराले ठुलो पहिरो खसेकाले पहिरो पन्छाएर सडक सुचारु गर्न दुई तीन घन्टा लाग्ने बताए। पहिरोका कारण यात्रुहरु बाटैमा अलपत्र परेका छन्।

दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ।

प्रकाशित: १२ असार २०७५ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App