८ वैशाख २०८१ शनिबार
अर्थ

‘एकमुष्ठ बजेट अवैधानिक’

धनगढी - प्रदेश सभाको सोमबारको बैठकमा विपक्षी दल कांग्रेस र राजपाका सासंदले बजेट बिधिसम्मत र जनताका पक्षमा नरहेको भन्दै विरोध जनाएका छन् । विरोधका कारण सोमबारको बैठक सभामुख अर्जुन थापाले स्थगित गरेका छन्।

प्रदेश सभाको बैठक सुरु भएदेखि सासंदहरुले विरोध गरेका कारण सभामुखले बैठक स्थगित गरेको यो पहिलो पटक हो।

सभामुखले माननिय सदस्य ज्यु हरु आज बैठक शुरु हुन्छ भन्न नपाउदै बिपक्षी दलका सासंदहरु टेवल बजाउदै उभिएका थिए । विपक्षी दलका सासंद उभिएपछि सभामुृख अर्जुन थापाले के कुरा हो एक जनाले राख्न भन्दै अनुमती दिए ।

प्रतिपक्ष संसदिय दलका नेता रणबहादुर रावलले प्रदेश सरकारले बहुमतको दम्भको कारण बजेट बिधि र प्रक्रिया तथा जनताको हित विपरित ल्याएकोले बिरोध गरेको भन्दै बजेट सच्याएर ल्याउन माग गरे । विपक्षी दलका नेता रावलले धारणा राखिसकेपछि पनि विपक्षी दलका सासंदहरु उभिरहे । शभमुखले उभिएका सासंदहरुलाई आफ्नो सिटमा वस्न निर्देशन दिए । ३ पटक सम्म निर्देशन दिदाँ पनि उभिएका सासंदहरु नवसेपछि मंगलवार ४ बजेसम्मका लागी सभामुखले बैठक स्थगित गरे ।

सभामुखले दलहरुका बिच छलफल गराएर तथा कार्यव्यवस्था परामर्श समितीमा विपक्षी दललाई वोलाएर छलफल गरी समस्या समाधानको लागी पहल गर्ने संसदिय सचिवालयका सचिव शर्माले बताए ।

प्रकाशित: १२ असार २०७५ ०१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App