coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अक्सिजन ग्यास उद्योगलाई काम रोक्न प्रशासनको पत्राचार

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा निर्माण भइरहेको सिद्धिगणेश अक्सिजन ग्यास उद्योग प्रालिलाई काम रोक्न जिल्ला प्रशासनले पत्राचार गरेको छ।

उद्योगको लागि संरचना निर्माण गर्ने क्रममा नियमविपरीत भएको भन्दै काम रोक्न पत्रचार गरिएको हो । उद्योगका लागि संरचना निर्माण गर्ने बहानामा अवैध रुपमा बालुवा उत्खनन गरेको पाइएकाले प्रशासनले काममा रोक लगाएको जनाएको छ।

अक्सिजन ग्यास उद्योग निर्माण गर्न खडेरी खार्ने भन्दै बालुवा निकालेर बिक्री वितरण गरिरहेको जानकारी आएकाले सत्यतथ्य पत्ता नलागेसम्मका लागि काम रोक्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए । ‘उद्योग बन्द गराउन विदुर नगरपालिकाले प्रशासनलाई पत्राचार गरेको थियो ।

बालुवा निकालेर बेलकोटगढी नगरपालिका–७ मा रहेको जयगणेश बालुवा प्रशोधन उद्योगलाई बिक्री गर्ने गरेको भन्ने जानकारी रहेछ,’ थापाले भने, ‘प्रहरीको सहयोगमा प्रशासनले यस उद्योगलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ ।’नगरपालिकामा दर्ता गरेर उद्योगले काम सुरु गरे पनि उद्देश्यविपरीत काम भएकाले विदुर नगरपालिकाले पनि विशेष निगरानीमा राखेको जनाएको छ।

 

प्रकाशित: १२ असार २०७५ ०१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App