७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिजीको दुईवटा नयाँ मोबाइल फोन

काठमाडौं– सिजी मोबाइल्सले सस्तो मूल्यका दुई नयाँ फोन सेट बजारमा ल्याएको छ । कम्पनीले ‘ओरिअन १८१ डब्लु’ र ‘ओरिअन २४१ डब्लु’ सेट बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार पहिलो फोनमा १.८ इन्चको स्क्रिन, डिजिटल क्यामरा, डुअल सिम राख्न मिल्ने लगायत सुविधा छन् । अर्काे ओरिअन २४१ डब्लुमा २.४ इन्चको स्क्रिन छ ।

यो फोनमा अघिल्लो फोनमा जस्तै डुअल सिम तथा आठ जिबीसम्म मेमोरी बढाउन सकिने कम्पनीले जनाएको छ । दुवै फोनमा वायरलेस एफएमका साथै ब्लुटुथ, म्युजिक र भिडियोको व्यवस्था पनि रहेको कम्पनीले जानकारी दिएको छ । यी फोनको बजारमूल्य क्रमशः ११ सय ९९ र १४ सय ९९ रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १२ असार २०७५ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App