१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जन्मदिन ओझेलमा

ब्रोनिट्सी – अन्तिम १६ को यात्रा कठिन बनेको बेला आइतबार अर्जेन्टिनाका कप्तान लियोनल मेसीको जन्मदिन ओझेलमा परेको छ।

आइतबार ३१औं वर्षमा प्रवेश गरेका कप्तान मेसीले अभ्यास स्थलमा अभ्यास गरेर जन्मदिन मनाउँदा उनको जन्मदिन ओझेलमा परेको हो । अर्जेन्टिना अन्तिम १६ का लागि मंगलबार गर या मरको अवस्थामा हुँदा अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पौलीले जन्मदिनको शुभकामना दिएका थिए।

प्रशिक्षक साम्पौलीले अभ्यासमा जुट्नुपूर्व मेसीलाई भेटी गालामा चुम्बन गरेर ढाडमा धाप मार्दै शुभकामना दिएका थिए । त्यसपछि भने उनीहरूबीच दोहोरो संवाद भएन।

क्रोएसियाविरुद्धको खेलमा ३–० को लज्जास्पद हार बेहोर्दा अर्जेन्टिनी प्रशिक्षक साम्पौेली आलोचित भएको बेला अर्जेन्टिनी फुटबल संघले सञ्चारमाध्यममा आएका समाचारलाई भ्रामक भनी खण्डन गरेको थियो । नाइजेरियाविरुद्धको खेलमा प्रशिक्षक साम्पौेलीलाई प्रशिक्षकबाट हटाउन लागेको समाचार बाहिर आएको थियो । यही समाचारको संघले खण्डन गरेको थियो।

खेलाडी र प्रशिक्षकको दूरी भए पनि अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले आइतबार प्रशिक्षक कतै नजाने स्पष्ट पारेका छन् । तर उनले २०२२ को कतार विश्वकपका लागि सम्झौता नवीकरण गर्ने या नगर्ने भन्नेमा केही खुलासा गरेनन्।

सन् २०१४ को विश्वकपमा फाइनलसम्मको यात्रा तय गराएका मेसी र अर्जेन्टिनाको निराशाजनक प्रदर्शनले अर्जेन्टिनी समर्थक निराश छन् । पाँच पटक विश्व वर्ष खेलाडी बनेका मेसी आइसल्यान्डविरुद्ध पेनाल्टी गुमाउँदा आलोचित भएका थिए।

जन्मदिनपछिको पहिलो खेलमा मंंगलबार नाइजेरियाविरुद्ध खेल्दा अर्जेन्टिनी टोली र समर्थकका लागि उनको प्रदर्शन सम्झनलायक हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित: ११ असार २०७५ २१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App