coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रूसलाई पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बन्न सफल

रूस – आयोजक राष्ट्र रूसलाई ३–० ले पराजित गर्दै उरुग्वे विश्वकप फुटबलको समूह ‘ए’ को विजेता बन्न सफल भएको छ। समारा एरिना रंगशालामा सोमबार सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा उरुग्वे विजयी भएको हो।

उरुग्वेको जितमा लुइस स्वारेज र एडिन्सन काभानीले एक–एक गोल गर्दा अर्को एक गोल आत्माघाति उपहार पाएको थियो। उरुग्वेले दुई गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको थियो। खेलको १० औं मिनेटमा उरुग्वेका रोड्रिगो बेन्टनकुरलाई रूसका युरी गजिन्सकीले डि बक्स बाहिर फउल गरेपछि पाएको फ्रिकिकमा उरुग्वेका लुईस स्वारेजले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए।

२३ औं मिनेटमा उरुग्वेका डिएगो लासाल्टले करिब ३० याड टाडाबाट प्रहार गरेको बल रूसका डेनीस चेरिसेभको खुट्टामा लागेर आत्माघाति गोल भएपछि उरुग्वेले अग्रता दोब्बर बनाएको थियो। ३६ औं मिनेटमा रूसका इगोर स्मोलनीकोभ रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो। स्मोलनीकोभले उरुग्वेका डिएगो लासाल्टलाई फउल गरेका थिए।

रूसले अघिल्ला दुई खेलमा जस्तो प्रदर्शन गर्न नसक्दा पहिलो हाफमै २ गोल खान पुगेको थियो। तर १० खेलाडीमा सिमित भएपनि दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै रूसले एक गोलमा खाएको थियो। उरुग्वेका लागि खेलको ९० औं मिनेटमा एडिन्सन काभानीले गोल गरे। कर्नरमा आएको बललाई डिएगो गोडिनले गरेको हेड गोल गोलकिपरले क्लियर गर्न नसक्दा रिबाउन्डमा आएको बललाई काभानीले गोलको दिशा दिएका थिए।

दोस्रो हाफमा उरुग्वेले पाएका केहि अवसर सदुपयोग गर्न सकेन्। उरुग्वेका पटक पटकका प्रहारलाई रूसका गोलकिपर र अन्य खेलाडीले बिफल बनाइदिएका थिए। यता रूसले पाएका केहि सुनौला अवसरलाई सदुपयोग गर्न सकेन्। समूह ए मा रहेको रूसले उद्घाटन खेलमा साउदी अरबलाई ५–० र दोस्रो खेलमा इजिप्टलाई ३–१ ले पराजित गरेको थियो।

उरुग्वेले भने उद्घाटन खेलमा इजिप्टलाई र दोस्रो खेलमा साउदी अरबलाई समान १–० ले पराजित गरेको थियो। यी दुवै राष्ट्र यसअघिनै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका थिए। 

 

प्रकाशित: ११ असार २०७५ १५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App