coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गंगामाया भन्छिन्ः सँगै ओढेको कात्रो बुढाले ओढे मैले पाइन (भिडियो)

वीर अस्पतालमा २८ दिनदेखि अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । तस्बिर: दिपेन्द्र रोक्का

पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा चार वर्ष अघि ज्यान गयो । उनको अझै सदगद भएको छैन । छोराको हत्यारालाई कारवाही हुनुपर्ने उनको माग थियो।

पतिलाई सँधै साथ दिंदै आएकी गंगामाया, पति नन्दप्रसादको हरेक पाइलामा साथै रहिन्। आफ्नो माग सम्बोधन नगरेसम्म पतिको सदगत नगर्ने उनको संकल्प कायमै छ भने छोराको  हत्यारालाई कारवाही हुनुपर्ने माग जारी छ। भन्छिन्ः ‘अपराधीलाई कारवाहीको माग गर्दै हामी बुढाबुढीले सँगै कात्रो अढेका थियौं । बुढालाई बेराइदिइसके, मैले वेर्न पाएकी छैन।’

परिवारका सदस्य क्रमशः गुमाउँदै गएपनि गंगामाया हारेकी छैनन् । उनी २८ दिनदेखि काठमाडौको वीर अस्पतालमा आमरण अनसन गरिरहेकी छन्। मानवअधिकारवादी वाहेक राज्य संयन्त्रबाट वेवास्ता गरिएको गंगामायाले बरु मर्ने तर माग पुरा नभएसम्म अनशन नतोड्ने बताएकी छन्। २०६१ सालमा तत्कालिन माओवादीबाट मारिएका छोरा कृष्णप्रसादको हत्यारालाई सजाय र द्वन्द्वकालमा लुटिएको सम्पत्ति फिर्ता हुनुपर्ने उनको माग हो। ६२ वर्षे गंगामायाको स्वास्थ्य नाजुक बन्दै गएको मानव अधिकारवादी र अस्पताल प्रशासनले जानकारी दिएका छन्।

प्रकाशित: ११ असार २०७५ १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App