coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

तेस्राे राउण्डबाट नकआउट पुग्ने अन्य १० टोलीको टुङ्गो लाग्ने

काठमाडाैं - रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आजबाट (सोमबार) समुह चरण अन्तर्गतका अन्तिम तथा तेस्राे राउण्डका खेलहरु सुरु हुँदैछन्।

तेस्राे राउण्डका खेलहरु सुरु हुनैलाग्दा केहि टोलीहरु वाहिरिएका छन् भने केहि टोलीहरुले आफ्नो स्थान नकआउट चरणमा सुरक्षित गरेका छन्। त्यस्तै केहि टोलीको टुङ्गो तेस्राे राउण्डको खेलपछि मात्रै लाग्ने भएको छ। दोस्राे राउण्डका खेल सकिँदासम्म नकआउट चरण पुग्ने ६ टोलीको टुङ्गो लागिसकेको छ। जसमा समुह ए बाट आयोजक रसिया र पोर्चुगल , समुह सी बाट फ्रान्स , समुह डी बाट क्रोयसिया र समुह जी बाट इंग्ल्याण्ड र बेल्जियम तेस्राे राउण्डको खेल खेल्नुअघिनै शिर्ष १६ मा पुगेका हुन्।

यस्तै तेस्राे राउण्डको खेलअघिनै समुह चरणबाटै वाहिरिने टोलीको सूचिमा समुह ए बाट इजिप्ट र साउदी अरेबीया , समुह बी बाट मोरक्को , समुह सी बाट पेरु , समुह इ बाट क्रोयसिया , समुह जी बाट ट्युनिसीया र पानामा तथा समुह एच बाट पोल्याण्ड रहेका छन्।

आजबाट सुरुहुने तेस्राे तथा अन्तिम राउण्डका खेलबाट शिर्ष १६ (नकआउट) चरणमा प्रवेस गर्ने अन्य १० टोलीको टुङ्गो लाग्ने छ। तेस्राे राउण्डको खेल अन्तर्गत नेपाली समयअनुसार आज राती आयोजक रसिया र उरुग्वे तथा साउदी अरेबीया र इजिप्टबीच खेल हुनेछ भने आजै राती पौने १२ बजे हुने खेलमा स्पेन र मोरक्को तथा इरान र पोर्चुगलबीच खेल हुनेछ।

प्रकाशित: ११ असार २०७५ १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App