८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल र चीनको सीमा क्षेत्रमा व्यापार मेला

मुस्ताङ- नेपाल र चीनको सीमा क्षेत्रमा हरेक वर्षको दुई पटक आयोजना हुने व्यापार मेला साेमबारबाट शुरु हुँदै छ। 

नेपालको सिमानादेखि चार किलोमिटरको दुरीमा शुरु हुने उक्त मेलामा नेपाल र चीनका व्यापारीले १० दिनसम्म व्यापार गर्ने छन्। व्यापार मेलाका लागि लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ। 

व्यापार मेलामा चीनमा उत्पादित लत्ताकपडा, पेयपदार्थ, चाउचाउ ,साबुन, च्याङ्ग्रा, भेडा, चौँरी, फर्निचर र निर्माणका सामग्री तथा विभिन्न किसिमका कस्मेटिक सामान, चाउचाउ, हस्तकला, चाँदीका भाँडा, गलैँचा, पश्मिना र यार्सागुम्बाको व्यापार हुने विष्टले बताए। 

मेलामा सहभागी नेपाली नागरिकलाई चीनले निश्चित समय अवधिको लागि कारोबार गर्न परिचयपत्रको व्यवस्था गरेको छ। यसअघि नेपालीलाई त्यहाँका सुरक्षाकर्मीले प्रवेशमा रोक लगाउँदै आएका थिए। 

पहिला नुन र उवा तथा घोडा र मोटरसाइकल साट्ने गर्थे। आजभोलि पैसा र अन्य सामान साट्ने गर्छन्। मेलाले दुई देशबीचको सम्बन्ध सुदृढ हुने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए। 

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार सीमा र व्यापारीको सुरक्षाको लागि लोमान्थाङ प्रहरी, छोसेर प्रहरी र छोनुप प्रहरी खटाइएको छ। मेलामा सामान खरिद तथा बिक्री गर्न जोमसोम, म्याग्दी, पोखरा, बाग्लुङ तथा वरपरका गाउँबाट आउने गर्छन्। रासस

प्रकाशित: ११ असार २०७५ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App