वैदेशिक रोजगारीमा गएकाले घरमा सम्पर्क नगर्दा परिवारमा विचल्ली

सोमबार, ११ असार २०७५, १८ : १९ नागरिक

जनकपुरधाम- धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक युवा दश वर्षदेखि सम्पर्कविहीन हुँदा सन्तान बिचल्लीमा परेका छन्। सिनुरजोडा गाउँका पल्टु यादव ओमान गएदेखि सम्पर्कमा नआउँदा बालबच्चा सहाराविहीन बन्न पुगेका छन्। 

यादव ओमान गएपछि उनकी श्रीमतीले इँटाभट्टामा काम गर्दा गाउँहरूले अनैतिक सम्बन्धको आरोप लगाएपछि उनले आत्महत्या गरेदेखि छोरी पुनिता टुहुरो भएकी छिन्। पुनिता भन्छिन्– “म र भाइ गाउँलेसँग बिन्ती गर्छौं, प्रशासनसँग बाबुको अवस्थाबारे बुझिदिन अनुरोध गर्छौं तर कसैले पनि हाम्रो गुनासो सुन्दैनन्।” हामीसँग बाबुको नागरिकता वा अन्य कागजपत्र नभएकाले जन्मदर्ता हुन सकेको छैन, विद्यालयमा नाम लेखाउन नसकेकाले पढाइबाट समेत वञ्चित भएको उनी बताउँछिन्। 

पुनिता अहिले १३ वर्षकी छिन्। उनलाई आफ्नो घरमा बस्नसमेत दिइएको छैन, मामाघरमा बस्दै आएकी छन्। बाबु विदेश जाने क्रममा जग्गा घितोमा राखी ऋण लिएको र ऋणको भार अधिक भएपछि साहुले जग्गामा अधिपत्य कायम गरेको पुनिताले बताइन्। 
वेदैशिक रोजगारीमा गएकाहरूले परिवारसँग सम्पर्क नगरेपछि अमानवीय घटनामा वृद्धि भइरहेको मनोपरामर्शदाता संगीता कर्ण बताउँछिन्। सुरक्षित आप्रवासन परियोजना र मित्र धनुषाका अनुसार यस जिल्लाबाट वैदेशिक रोजगारी गएकाको मृत्यु हुनेकोे संख्या पनि बर्सेनि बढ्दै गएको छ। सन् २०१२ देखि २०१६ सम्ममा यस जिल्लाबाट वैदेशिक रोजगारी गएकामध्ये १९९ जनाको मृत्यु भएको छ।

यस जिल्लाबाट विशेषगरी मलेसिया, कतार, ओमान र साउदीमा रोजगारीमा जाने गरेको पाइन्छ। तथ्यांक अनुसार धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वर्सेनि वृद्धि भइरहेको देखिएको छ। परियोजना प्रमुख रामकुमार कर्ण आर्थिक वर्ष २०७० देखि २०७४ सालसम्ममा यस जिल्लाबाट एक लाख १६ हजार ७१७ जना वैदेशिक रोजगारीमा गएको बताउँछन्। 

यस जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वर्सेनि वृद्धिसँगै दलाल र कम्पनीबाट ठगिने गरेको घटना पनि बढ्दै गएको छ। परियोजनाका प्रशिक्षक देवकुमार मण्डल परियोजनाले व्यक्तिगत सूचना तथा परामर्श दिने व्यवस्था गरेपनि अधिकांशले परामर्श र सूचना नलिई जाने प्रवृत्तिले दलाल र कम्पनीबाट ठगिने गरेको प्रस्ट गर्छन्।

म्यानपावर कम्पनीहरुले रोजगारीमा जानेहरुसँग अधिक रकम लिने, सम्झौताअनुसार काम नपाउने गरेको र जोखिमपूर्ण काम गर्नु परेकाले अधिकांश युवा शारिरीक र मानसिक तनाबका कारण समयसमयमा घर आउने, परिवारसँग सम्पर्क नगर्ने प्रवृत्ति देखिएको छ।

परियोजना प्रमुख कर्ण वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेमा कम उमेर भएको संख्या अधिक देखिएको बताउँछन्। कतिपय अभिभावकले आर्थिक उपार्जनको प्रलोभनमा परी कम उमेरका सन्तानलाई उमेर बढाई नागरिकता र राहदानी बनाउन लगाई वैदेशिक रोजगारीमा पठाउने पनि गरेका छन्। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad