८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीको सम्बोधन भोलिलाई सर्‍यो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ। 

६ दिने चीन भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय थियो। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार तयारी नपुगेकाले सम्बोधन भोलि (मंगलबार)लाई सारिएको हो। ‘केही थप तयारी गर्नुपर्ने भएकाले सम्माननीय प्रमले आज संसदलाई सम्बोधन नगर्नु हुने भएको छ। चीन भ्रमणका सम्बन्धमा जानकारी गराउन उहाँले संसदलाई सम्बोधन गर्ने कार्यक्रम भोलिका लागि यथावत छ’, अर्यालले ट्वीटरमार्फत जानकारी दिएका छन्। 

प्रकाशित: ११ असार २०७५ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App