७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

अबुजा- नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ। विभिन्न ठाँउमा भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। 

शंकास्पद बन्दुकधारीहरूले शनिबार राती अबेर आक्रमण गरेका हुन्। आक्रमणमा परी अरु छ जना सख्त घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ। त्यसैगरी दुई कार र १५ मोटरसाईकल पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरी अधिकारीहरूको भनाइ छ। 

एक जना प्रहरी प्रवक्ताले आक्रमणको कारणका बारेमा अहिलेसम्म केही पत्ता लाग्न नसकेको जनाएका छन्। आक्रमणकारीबाट विशेष गरी गासिस जिल्लाको रजात, रुकु, न्यार, कुरा र गाना रोप गाँउलगायतका ठाँउहरू बढी प्रभावित भएका छन्। बन्दुकधारीहरूको आक्रमणबाट ११ गाँउ प्रभावित भएका हुन्। 

प्रहरीले घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकेको ती प्रहरी प्रवक्ताले बताए। राष्ट्रपति मोहम्मद बुहारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत् घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

प्रकाशित: ११ असार २०७५ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App