coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चरिकोटमा विमानस्थल बनाउन पहल

दोलखा- जिल्लाको प्रमुख पर्यटकीय नगर चरिकोटमा विमानस्थल बनाउनका लागि भीमेश्वर नगरपालिका कार्यालयले गृहकार्य थालेको छ।

जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरुमा पर्यटक आगमन बढ्दै गएको, जलविद्युत आयोजनाहरुका कारण चहलपहल बढेको साथै राजधानी प्रवेश गर्ने सडकमार्गमा दिनानुदिन बढिरहेको सवारी चापलाई मध्यनजर राखी भीमेश्वर नगरपालिकाले चरिकोट क्षेत्रमा विमानस्थल बनाउन गृहकार्य थालेको हो।

सदरमुकाम चरिकोटमा सम्पन्न भीमेश्वर नगरपालिकाको दोश्रो नगरसभाले विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन समेत गरेको छ। आईतबार सार्वजनिक गरिएको आर्थिक बर्ष २०७५/७६ को बजेट वक्तव्यमा विमानस्थल बनाउनका निम्ती सम्भाव्यता अध्ययन गर्न २ लाख रुपैंया बजेट विनियोजन गरिएको छ।

नगरकी उपमेयर कमला बस्नेतले आईतबार नगर सभा समक्ष प्रस्तुत गरेको बजेट वक्तव्यमा समग्र नगरको पूर्वाधार विकास सगैं चरिकोटमा बिमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्दै जोड दिने बताईएको छ।

उपमेयर बस्नेतले संघीय राजधानी संग नगरबासी र दोलखा जिल्लाबासीको छिटो र छरितो पहुँच बनाउन नागरिक स्तरकै माग बमोजिम विमानस्थल निर्माण गर्ने योजना अनुसार सम्भाव्यता अध्ययनका लागी बजेट बिनियोजन गरिएको सुनाईन्। उनले राजधानी जाने सडक अफ्ठेरो भुगोल हुदै जानुपर्ने कारण वर्षात याममा पहिरो लगायतको सकस ब्यहोर्नुपर्ने समस्या साथै सडकमा सवारी चाप समेत बढ्दै गएकाले विमान मार्फत आउजाउ गर्ने व्यवस्था गर्न सके अझ सहज हुने बताईन्।

नगरपालिकाका अनुसार नगरपालिका कार्यालयले नगर क्षेत्र तीन स्थानलाई बिशेष प्राथामिकता दिएर विमानस्थल निर्माणका निम्ती अध्ययन गरिनेछ। ‘तत्कालका लागी भीमेश्वर नगरपालिका ६, ७ र ८ वडाका तीन ओटा स्थानलाई अध्ययनका निम्ती प्राथामिकता दिने सोच बनाएका छौं’ उपमेयर बस्नेतले भनिन् – ‘वातावरणि साथै अन्य हिसाबले सहज हुने अरु स्थान पनि हेर्छौ’।

नगरपालिकाले भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा पर्ने चरिकोट बजार भन्दा माथिल्लो क्षेत्र एक्ले सल्ला आसपास समेत विमानस्थल बनाउन सकिने स्थानको सूचीमा राखेको छ। यो क्षेत्रमा व्यक्तीको निजी जग्गा साथै सार्वजनिक जग्गा समेत प्रशस्तै छ । यस्तै वडा नम्बर ७ को माथिल्लो क्षेत्रमा पर्ने थाङसा देउराली सामुदायिक बनको आसपासका क्षेत्र साथै वडा नम्बर ८ मा पर्ने भीत्तेरी सामुदायिक बन क्षेत्र समेत उपयुक्त हुने नगरपालिकाको सोचाई छ। उपमेयर बस्नेतले दुरीका हिसाबले उपयुक्त रहे नरहेको बारे बिज्ञ समुह संग परामर्श गरिने समेत बताईन्।

प्रकाशित: ११ असार २०७५ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App