७ वैशाख २०८१ शुक्रबार
समाज

मिनीट्रक दुर्घटनामा १ को मृत्यु , ६ घाइते

तस्विर साैजन्य : देवराज केसीकाे फेसबुक पेजबाट

 बनेपा– काभ्रेको देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा४ख ३४१२ नम्बरको मिनिट्रक बनेपाको रबिओपी  सडकबाट २० मीटर तल खस्दा  एकजनाको मृत्यु भएको छ भने अन्य ५ घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी मण्डन देउपुर–१२ बस्ने ४० वर्षीया लालीमाया लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रबिराज थपलियाले जानकारी दिएका छन् ।

उनका अनुसार घाइते हुनेमा काभ्रे मण्डन देउपुर नगरपालिका- १२ की ५० वर्षीया ठुलीमाया तामाङ, ४८ वर्षीया ज्ञानीमाया तामाङ, ४२ वर्षीया धनमान तामाङ, रहेका छन्। यस्तै साेही ठाउँमा ३५ वर्षीया सुदन तामाङ,  खानीखोला गाउँपालिका–४, का ४२ वर्षीया मानबहादुर तामाङ, र पनौती नगरपालिका–४ का ३१ वर्षीया सानुकान्छा तामाङ रहेका छन्।

घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार सडकबाट खसेको मिनिट्रकमा आगो लागेको थियो । यतिखेर आगो नियन्त्रणमा आएको उनले जानकारी दिएका छन् । सो मिनिट्रकमा १० जना यात्रुहरु रहेको स्थानीयले बताएको प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित: ११ असार २०७५ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App