७ वैशाख २०८१ शुक्रबार
समाज

पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

 पर्वत  - ‘ङ’ श्रेणीमा सूचीकृत पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदी एकै ठाउँमा बस्न बाध्य भएका छन् ।

जम्मा २५ जनाको क्षमता भएको पर्वत कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी बस्दै आएका हुन् । हाल सो कारागारमा पाँच महिलासहित ७८ जना कैदीबन्दी छन्।

कारागारका कार्यालयका प्रमुख मोहनप्रसाद उपाध्यायले कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले बस्ने व्यवस्थाको अभाव भएपछि आपसी समझदारीमा मिलाएर एकै कोठामा धेरैलाई राखिएको बताए।

कैदीबन्दीले पटक पटक समस्याबारे कारागार प्रशासनलाई जानकारी गराउँदै आएका छन् । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई जानकारी गराउँदै आएको छ ।कैदीबन्दीका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएका छौँ, जेलर उपाध्यायले भने, “समस्या समाधान भएको छैन ।” उनले खानेपानी र शौचालयको पर्याप्तता भए पनि सुत्नका लागि कैदीबन्दीलाई असहज भएको बताए।

कारागारमा कैदीबन्दी बस्नका लागि दुईवटा ब्लक छन् । ती दुवै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन् । महिला बन्दीगृहको व्यवस्था नभएको पर्वत कारागारमा पुरुष कैदीबन्दीका लागि नै निर्माण भएको बन्दीगृहभित्र फरक फरक ब्लक बनाएर राखिँदै आएको छ।महिला बन्दीगृह निर्माणको चरणमा रहे पनि झण्डै छ वर्ष बितिसक्दासम्म आर्थिक अभावमा निर्माण हुन सकेको छैन।

 

प्रकाशित: ११ असार २०७५ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App