८ वैशाख २०८१ शनिबार
प्रवास

मलेसियामा प्लेकसस् कम्पनीको बस दुर्घटना, ३६ नेपाली कामदार घाइते

काठमाडौं - मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा प्लेकसस् कम्पनिको बस दुर्घटना हुँदा कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन्।

कम्पनीको ‘सी’ साइडमा काम गर्न जाने क्रममा स्थानीय समय अनुसार बिहान ५ः३० बजे बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन्र। त्यहाँको स्थानिय पत्रिकाका अनुसार उनीहरुको पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । बसमा ३८ जना कामदार सवार रहेको बताइएको छ।

विद्युतीय सामान उत्पादन गर्ने प्लेकसस् अमेरिकी कम्पनि हो । यो कम्पनिमा एक हजार भन्दा बढी नेपाली कामदार कार्यरत छन्।

प्रकाशित: ११ असार २०७५ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App