coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रायन र अनुष्मा ‘द कलेज एम्बेसडर’

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘द कलेज एम्बेसडर २०१८’को उपाधि रायन कशजु र अनुष्मा रायमाझीले जितेका छन् । एससिई इन्स्टीच्युट अफ म्यानेजमेन्टका रायनले पुरुष तथा एपेक्स कलेजकी अनुष्माले महिला तर्फको उपाधि चुमेका हुन्।

राजधानीमा हालै आयोजित प्रतियोगितामा महिलातर्फ स्वेता सुवेदी ‘फस्ट रनर अप’ र प्रतिशा जोशी ‘सेकेन्ड रनरअप’ घोषित हुँदा पुरुषतर्फ रोमन मानन्धर ‘फस्ट रनर अप’ चुनिए । ग्रिन आर्ट मिडिया आयोजक रहेको प्रतियोगिताको यो १० औ संस्करण हो ।

प्रतियोगितामा विधागततर्फ जेनिफर मानन्धर ‘मस्ट फोटोजेनिक’, रश्मी शंर विक ‘मस्ट ट्यालेन्ट’, रोहिशा श्रेष्ठ ‘मस्ट पपुलर’, उज्जेन श्रेष्ठ ‘मस्ट डिसिप्लेन’, आयुष्मा रायमाझी ‘बेस्ट ड्रेस’, स्वेता सुवेदी ‘मस्ट फ्रेन्डली’, शुभेच्छा श्रेष्ठ ‘बेस्ट परफर्मेन्स’, सब्बु केसी ‘बेस्ट स्माइल’, रोमन मानन्धर ‘चार्मिङ पर्सनालिटी’, रिया उप्रेती ‘चार्मिङ पर्सनालिटी’, प्रगिना जोशी ‘बेस्ट आइडिया भिडियो’, रायन सजु ‘मस्ट पन्चुअल’, निरुता राई ‘मस्ट बबली’, अनुष्मा रायमाझी ‘मस्ट इन्टिलेक्च्युअल’ र प्रतिशा जोशी ‘बेस्ट स्पिकर’ भइन्।

प्रतियोगिताको निर्णायकमा ¥यापर तथा गायक निर्णय श्रेष्ठ, ‘मिस हेरिटेज’ तथा फेसन डिजाइनर, डान्स कोरियोग्राफर केशव थापा, पत्रकार सिर्जना दुवाल, निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदी, मेकअप आर्टिस पुनम श्रेष्ठलगायत निर्णायक थिए ।

प्रकाशित: ११ असार २०७५ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App